April 18, 2017

मधेसी मोर्चा सहभागी भए दुई चरणमा चुनाव : देउवा

 
 

download

 

५, बैशाख, झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनम मधेसी मोर्चा पनि सहभागी हुने भए दुई चरणमा निर्वाचन गराउन सकिने बताएका छन् ।

मंगलबार झापाको कमल गाउँपालिकामा आयोजित प्रदेश नं. १ को आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘मोर्चा सहभागी हुने भए दुई चरणमा चुनाव गराउन पनि हामी तयार छौं ।’

मुलुक चुनावको वातावरणमा होमिसकेको बताउँदै उनले देउवाले चुनावबाट भाग्दा मोर्चालाई नै घाटा हुने भन्दै निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

मधेसी जनताले झन् बढी चुनावको तयारी गरिरहेको बताउँदै उनले प्रजातन्त्र र बहुदलीय व्यवस्था टिकाउन चुनावको विकल्प नभएको सभापति देउवाले बताए ।

सम्बोधनका क्रममा उनले संविधान संशोधन प्रस्ताव पारित गरेर अघि बढ्न पनि एमाले र मधेसी मोर्चालाई आग्रह गरेका छन् ।

सभालाई कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतले संबोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,