मेनपावर ब्यावसायीको बदमासी : लुकाए ‘फ्रि भिसा फ्रि टिकट’को आर्थिक विवरण

nepali-migrant-workers-arri-e1492494426537काठमाडौं ५ वैशाख । वैदेशिक रोजगार व्यावसायीहरुले आफ्नो आर्थिक विवरण सरकारलाई बुझाउन अटेरी गरेका छन् । सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ कान्र्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग आर्थिक विवरण माग गरेको थियो ।

वैदेशिक रोजगार विभागमा अहिलेसम्म ६ सय ४१ वटा मेनपावरले मात्रै आफ्नो विवरण बुझाएका छन् । विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार १ सय ३ म्यानपावरले भने सरकारी निर्देशनलाई अटेर गरेर आर्थिक विवरण लुकाएका छन् ।

सरकारले ३ पटकसम्म समय विवरण बुझाउन सुचना जारी गर्दा समेत मेनपावर कम्पनीहरुले अटेरी गरेका छन् ।

२०७३ चैतको सुरुवातमा विदेश वैदेशिक रोजगार विभागले ‘फ्री भिसा र टिकेट’मा विदेश गएका कामदारहरुको विवरण मागेको थियो । सुरुमा ७ दिन, पुनः ७ र तेस्रोपटक १० दिन समय दिएर व्यवसायीसँग विवरण माग गरेको थियो ।

अहिले विभागमा झण्डै साढे ८ सय म्यानपावर दर्ता छन् । भने, ७ सय ५४ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाइरहेका छन् । म्यानपावर व्यवसायीले सेवा शुल्कभन्दा निकै बढी रकम लिएर कामदार विदेश पठाएको गुनासो र उजुरी विभागमा दैनिक पर्ने गरेको छ । तर, विभागले ठोस कारबाही गरेको तथ्यांक भने छैन । प्राप्त भएका विवरणहरूमा पनि विभागले सोधिएका सम्पुर्ण विवरणहरू उल्लेख नभएको जनाइएको छ ।

विभागले पटक–पटक म्याद थप गरेपनि कामदारको विवरण नबुझाउने म्यानपावरको नाम भने सार्वजनिक गरेको छैन । सरकारले ०७२ असार २१ गतेदेखि यता ‘फ्रि भिसा र टिकट’मा गएका कामदारको विवरण म्यानपावरहरुलाई ७ दिनभित्रै विभागमा पठाउन श्रम मन्त्रालयले निर्देशन दिएको थियो ।

कामदारको विवरण, देश, कम्पनी, सेवा शुल्क बापत उठाएर बैंकमा जम्मा भएको रकम, विदेशी कम्पनीले टिकटबापत दिएको रकम र हवाइ टिकट र कादार पठाएको एयरलाइन्सको सबै विवरण मागेको गरिएको विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए ।
उता वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ्गले सरकारले फ्रि भिसा र टिकटको नाममा व्यवसायीलाई आतंकीत बनाउन आर्थिक विवरण मागेको बताए । सरकारले ०७२ जेठमा मलेसियासहित ६ वटा खाडी मुलुकमा जाने कामदारलाई रोजगार दाताले नै निःशुल्क भिसा र टिकट दिनुपर्ने निर्णय गरेको थियो । त्यसमा कति कामदार विदेश गए भन्ने सरकारी तथ्यांक छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने