
४ बैशाख, काठमाडौं । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् ।
काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरे ।
‘पहिले पहिले नेपालमा देखा परेको स्वाइन फ्लू क्यालिफोर्निया राज्यबाट आएको हुदाँ त्यले त्यति हानी पुर्याएको थिएन’ उनले भने, ‘तर, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइन फ्लू नेपालमा समेत आएको हुन सक्ने हुदाँ यसबारे विशेष ध्यान दिन आवश्यक छ ।’
करिब तीन हप्ता अघिमात्र काठमाडौंको एक निजी अस्पतालमा स्वाइन फ्लूकै कारण एक व्यक्तिको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइनफ्लू संक्रमण भएको पुष्टि भएको छ ।
ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइन फ्लु देखिएको अस्पतालले जनाएको छ । गत फाल्गुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइन फ्लुको भाइरस भेटिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको केन्दि्रय प्रयोगशालामा रगत परीक्षण गराउनेमध्य करिब २० प्रतिशतमा स्वाइन फ्लूको भाइरसको प्रारम्भिक लक्षण देखा परेको छ ।
के-के हुन् लक्षण ?
चिकित्सकहरुका अनुसार लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने स्वाइन फ्लूको लक्षण हुनसक्छ । यस्तै बालबालिकामा ज्वरोसँगै वान्ता हुने पखाला लाग्ने भएमा तत्कालै जाँच गराउनु पर्छ ।
स्वाइन फ्लू सरुवा रोग भएको हुदाँ सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र स्वाइन फुलुको शंका लागेमा बेलैमा स्वास्थ्य परिक्षण गराएर पनि यो रोग लाग्नबाट बच्न सकिन्छ ।
किन बढी सतेच हुनुपर्छ यो पटक ?
सन् २००९ मा विश्वमा पहिलो पटक स्वाइन फ्लूको संक्रमण देखा परेको थियो । एच वान एन वान भाइरस सुँगुरबाट मानिसमा सर्ने हुदाँ यसलाई स्वाइन फ्लू भनिएको हो ।
स्वाइन फ्लुका विभिन्न प्रजातीमध्ये अमेरिकाको क्यालिफोर्निया शहरबाट फैलिएको क्यालिफोर्निया स्ट्रेन र मिचिगन शहरबाट फैलिएको मिचिगन स्ट्रेन प्रमुख दुई हुन् । क्यालिफोर्निया स्ट्रेनको तुलनामा मिचिगन स्टे्रन कडा प्रकारको स्वाइन फ्लू हो ।
‘दम, छातीको संक्रमण, मुटुका रोगी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरुमा यसको जोखिम झन बढी छ’, सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘त्यसबाहेक सामान्य व्यक्तिमा पनि यसको जोखिम अन्य स्वाइन फ्लूको तुलनामा अझ बढी छ ।’
नेपालमा क्यालिफोर्निया स्टे्रनको भ्याक्सिन उपलब्ध छ तर, मिचिगनको भ्याक्सिन नेपाल मात्र होइन, छिमेकी मुलुक भारतमा पनि छैन । यस्तो अवस्थामा यदि कसैलाई यो स्वाइन फ्लू भएमा मानिसलार्य मृत्युको मुखमा पुर्याउन सक्छ ।
‘नेपालमा स्वाइन फ्लुका खोप त धेरै छन् । तर, मिचिगन स्ट्रेन कडा प्रकारको स्वाइन फ्लू हो र यसले मृत्युदर बढाउन सक्ने हुदाँ समय रहँदै यसको जोखिम कम गर्न सरकारले खोप उपलब्ध गराउनु पर्ने देखिन्छ’ डा. पुनले अनलाइनखबरसित भने ।
भारतमा समेत मिचिगन नामक स्वाइन फ्लूबाट ज्यान गुमाउनेहरुको संख्या बढ्दोछ । सन् २०१६ को अन्त्यतिर देखा परेको यस रोगविरुद्ध खोप -भ्याक्सिन) लगाउन विश्व स्वास्थ्य संगठनले समेत सुझाव दिँदै आएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा