आइपिएलः राइजिङ पुणे सुपरजाइण्ट विजयी ,बैंग्लोरलाई हरायो  

261622-768x512
वैशाख ४ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइण्ट विजयी भएको छ । पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले हराएको हो ।
 
१ सय ६२ रनको लक्ष्य पाएको बैंग्लोरलाई १ सय ३४ रनमा रोक्दै पुणे विजयी भएको हो । बैंग्लोरका एबिडी भिलियर्सले २९, कप्तान विराट कोहलीले २८ तथा स्टुआर्ट बिन्नी र केदार जाधवले समान १८ रन बनाए पनि हार टार्न सकेनन् ।

पुणेका बेन स्टोक्स र शार्दुल ठाकुरले तीन तीन विकेट लिए । पहिले ब्याटिङ गरेको पुणेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।उसका राहुल त्रिपाठीले ३१, अजिन्क्या रहानेले ३०, महेन्द्रसिंह धोनीले २८ तथा स्टेभेन स्मिथ र मनोज तिवारीले समान २७ रन बनाएका थिए ।

तिवारीले ११ बलमा ३ चौका र २ छक्का सहित २७ रन जोडेका थिए । पाँच खेलमा बैंग्लोरको यो चौथो हार हो । दुई अंकसहित बैंगोल पुछारमा छ । पाँच खेलबाट चार अंकसहित पुणे छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति

क्रिकेट खेलाडीले पाउने भए जनही ६ लाख

बैशाख २०, काठमाडौं ।  एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई सरकारले जनही

यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट, ओलीले दिए बधाई 

बैशाख १९, काठमाडौँ-नेपालले एसिया कप क्रिकेटमा छनोट भएको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारकाे घोषणा

३ चैत,काठमाडौँ । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३

नेपाल विश्वकप क्वालिफायरका लागि छनोट

  २ चैत,काठमाडौं।नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा

नेपालले आजको खेलमा यूएईलाई पराजित गरे सिधै विश्वकप छनोटमा

२ चैत, काठमाडौं  । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।