कोलम्बो, ३ बैशाख । श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।
घटनामा परी मृत्युहुनेको सङ्ख्या आइतबारसम्म २१ पुगेको स्थानीय प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् । फोहोरमा पुरिएकालाई उद्धार गर्न सयौँ सुरक्षाकर्मीले तैनाथ भएका छन् । गत शुक्रबार ९० मिटर अग्ला बाँध भत्किएपछि आएको फोहोर सहितको बाढीको कारण २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४५ वटा घर क्षतिग्रस्त बनाएको छ ।
‘घटनास्थलमा निकै तिव्रताका साथ उद्धार तथा सहयोगको प्रयास गरिएको छ,’ एक जना उच्च प्रहरी अधिकारीले भने, ‘यस्तो जटिल अवस्थामा पुरिएका मध्ये कोहीपनि जिवितै होला भन्ने कल्पना गर्न धेरै गाह्रो छ ।’
राजधानीदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने कोलोन्नावामा आएको शुक्रबारको प्रकोपमा परी एक जना महिला र तीन जना पुरुष हराइरहेको खवर आएको पनि उनले बताए ।
कोलम्बो नेसनल हस्पिटलले मृत्यु भएका २१ जनामध्ये ११ देखि १५ वर्ष उमेर समुहका चार जना बालबालिका रहेको जनाएको छ । अस्पतालका प्रवक्ता पुष्प सोयसाले हराइरहेकाको अहिले पनि खोजी भइरहेको बताए । रासस/एएफपी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत