जललाबाद । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो बम हमलालाई अहिले सम्मकै सवै भन्दा शक्तिशाली बम हमलाको रुपमा लिइएको छ । पहिलो पटक भएको सबैभन्दा शक्तिशाली बम हमलामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अफगानी अधिकारीले बताएका छन् ।
बमहरुको आमा मानिने एमओएबी बम आइएस लडाकूको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीले बताएका छन् । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ । इराकसँग युद्ध भएका बेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो । छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एयर फोर्सका अनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो ।
पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा बिहीबार झन्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो ।
सुरुङभित्र रहेका आइएस लडाकूलाई लक्षित गरी अमेरिकी विमानमार्फत आक्रमण भएको बताइएको छ । घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ ।
आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ९२ जना आइएस लडाकु मारिएको शनिबार एएफपीलाई जानकारी दिनुभयो । नानगारहार प्रान्तका प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले पनि कम्तीमा ९० जनाको मृत्यु भएको बताउनुभयो ।
अफगानि अधिकारीहरुले यसअघि कम्तीमा ३६ जनाको मृत्यु भएको बताएका थिए । शिनवारीले सर्वसाधारण तथा सरकारी सेनातर्फका कसैको पनि मृत्यु नभएको दावी गर्नुभयो । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत