April 13, 2017

डिपिएल : पारसको टिम पराजित

काठमाडौं, चैत ३१ – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा धनगढी टिम चौराहा कञ्चनपुर आइकोनिकसँग ११ रनले पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भएको हो ।

धनगढीका अनिल मडण्लले १५ बलमा १२ रन, आरिफ शेखले ३२ बलमा २२ रन, पारस खड्काले २३ बलमा २३ रन बनाए । यस्तै पृथु बास्कोटाले १७ बलमा १९ रन बनाए । धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए । प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए ।

कञ्चनपुरका अभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई साथै सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । कञ्चनपुरका लागि सागर पुनले ४३ बलमा २० रन, सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई साथै सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति