April 12, 2017

 बालिकालाई बलात्कारको आरोपमा  वृद्धमाथि मुद्दा दर्ता

download

गौशाला, ३० चैत । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले जिल्लाको एक ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको हो ।

स्थानीय आदर्श इङ्गलिस बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक छात्रा स्कुल सकेपछि घर गइरहेका क्रममा गत चैत १७ गतेका दिन वृद्ध पाण्डेले सो बालिकालाई उनको घरभित्र लगेर बलात्कार गरेको आरोपमा मङ्गलबार उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

पीडित बालिकासहित उनका बुबा, आमासहित स्थानीय ५० बढी व्यक्ति विभिन्न नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपी पाण्डेमाथि मुद्दा दर्ता गरेको छ भने फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी प्रमुख परिचालन गरिएको पोखरेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न