च्याम्पियन्स लिग : वार्सिलोनामाथी युभेन्टसको शानदार जित

1532785400juventus-vs-barcelona

काठमाडौं । यूएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टसले शानदार जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनामाथी ३ – ० को शानदार जित निकालेको हो ।

घरेलु मैदान बार्सिलोनालाई हराउने क्रममा युभेन्टसका पाउलो डायबाला नायक बने । अर्जे्न्टिनी स्ट्राइकर डायबालाले पहिलो हाफको २२ मिनेटभित्र दुई गोल गर्दै टोलीलाई जित दिलाए । युभेन्टसका लागि अर्को गोल जियोर्जियो चेलिनीले गरे ।

युभेन्टससँग पहिलो लेगमा पराजित भएसँगै बार्सिलोनाको सेमिफाइनल यात्रा कम्जोर बनेको छ । तर, बार्सिलोनालाई दोस्रो लेग घरेलु मैदानमा हुने फाइदा भने छ ।

युभेन्टस स्टेडियममा डायबालाले खेलको ७ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । फितलो डिफेन्स प्रदर्शन गरेको बार्सिलोनाविरुद्ध डायबालाले खेलको २२ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २ – ० को अग्रता दिलाए ।

पहिलो हाफमा २ – ० ले अघि रहेको युभेन्टसका लागि दोस्रो हाफको ५५ औ मिनेटमा चेलिनीले गोल गर्दै घरेलु टोलीलाई ३ – ० को सहज जित दिलाए । चेलिनीको च्याम्पियन्स लिगमा आठ वर्षपछि गोल गरेका हुन् ।

उनले सन् २००९ मा माकाबी हाफियाविरुद्ध गोल गरेयता गोल गर्न सकेका थिएन् । युभेन्टसविरुद्ध बार्सिलोनाका स्टार स्ट्राइकरहरु लियोनल मेस्सी, लुइस स्वरेज र नेयमारले कुनै कमाल देखाउन सकेनन् । उनीहरुको आक्रमण युभेन्टसका चुस्त डिफेन्स र अनुभवी गोल किपर जियानलुइगी बुफोनले विफल बनाए ।

योसँगै इटालियन क्लब युभेन्टसले सन् २०१५ च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाबाट बेहोरेको हारको बदला लिएको छ । उक्त फाइनलमा युभेन्टस बार्सिलोनासँग ३–१ ले पराजित हुदै उपाधिबाट बिमुख भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारकाे घोषणा

३ चैत,काठमाडौँ । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३

नेपाल विश्वकप क्वालिफायरका लागि छनोट

  २ चैत,काठमाडौं।नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा

नेपालले आजको खेलमा यूएईलाई पराजित गरे सिधै विश्वकप छनोटमा

२ चैत, काठमाडौं  । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।

पीएनजीमाथि नेपालको सानदार जित

२५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम सुनुवाइ

१४ फागुन , काठमाडौँ । आज नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतको

प्रथम केपी ओली राष्ट्रिय च्याम्पियन कप आजबाट,उद्घाटन खेल दिउँसो ३ बजेबाट सुरु

११ फागुन, काठमाडौं । प्रथम केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि सुरु हुँदै छ