क्यालिफोर्निया, २९ चैत । अमेरिकाको क्यालिफोर्नियामा एक प्राथमिक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागी तीन जनाको मृत्यु भएको छ ।
क्यालिफोर्नियाको सान बर्नाडिन्होमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन जना मारिएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणकारीले कक्षा कोठामा अध्यापन गराइरहेकी शिक्षिका र बालबालिकालाई गोली हानेका थिए ।
शिक्षिका गोली प्रहार गर्ने व्यक्तिको श्रीमती रहेको प्रहरीले जनाएको छ । गोली लागेर शिक्षिका र उनको पछाडी रहेका दुई बालबालिका गम्भीर घाइते भएकोमा ८ वर्षका बालकको मृत्यु भएको छ ।
अरुलाई गोली हानेपछि आक्रमणकारीले आफैलाई पनि गोली हानेका थिए । प्रहरीले घटनालाई हत्या र आत्महत्या रहेको बताएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत