आफ्नो व्यक्तिगत हेलिकप्टरमा किन चढ्न पाउदैनन् ट्रम्प ?

Trumps-helicptr-11996313२९ चैत, एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाको मार ए लोगो रिसोर्टमा खडा गरिएको व्यक्तिगत हेलिकप्टरले आशंका जन्माएको छ। ट्रम्पले सो हेलिकप्टर नियाल्न सक्छन् तर त्यसमा उडान भर्न सक्दैनन् । राष्ट्रपति भएपछि सुरक्षा प्रोटोकलको कारणबाट उनलाई व्यक्तिगत हेलिकप्टरबाट उडान भर्ने अनुमति छैन । तर उनको क्लब मार ए लोगोमा सो हेलिकप्टर ल्याण्ड गरिदाँ आशंका जन्मेको खबर अन्तराष्ट्रिय मिडियाले खबर छापेका छन्।

सिक्रेट सर्भिसका अनुसार सुरक्षा प्रोटोकलको कारण ट्रम्प अमेरिकी राष्ट्रपति चढ्ने विमान एयर फोर्स वानबाट उडान भर्न सक्छन्। वा मरिक वान नामक हेलिकप्टरबाट मात्र उडान भर्न सक्छन् ।

ट्रम्पको प्राइभेट हेलिकोप्टर ‘सिरोस्की एन – ७६’ मा ट्रम्पको नाम रातो रंगमा ठुलो अक्षरमा लेखिएको छ । साथै यसको इन्टेरियर विशेष तरिकाले डिजाइन गरिएको छ। ट्रम्पसंग यस्ता दुइवटा हेलिकप्टर रहेका छन् ।Trumps-helicptr-91577913

आइतवार उनको प्राइभेट हेलिकप्टर मार ए-लोगोमा बनेको नयाँ हेलिप्याडमा देखा परेको केहि समयमै गायब भएको थियो । ह्वाइट हाउसले हेलिकप्टर त्यहाँ पार्किङ गर्नुको कारणबारे सोध्दा उनले यसबारे कुनै जवाफ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत