लन्डनमा अब चालकबिना नै बस गुड्ने

लन्डन स् बेलायती राजधानी लन्डनको सडकमा चालकविहीन अर्थात स्वचालित बसको परीक्षण सुरु भएको छ । परीक्षणका रुपमा लगभग तीन साता गुडाइने बसमा करिब सय जना सर्वसाधारणले यात्रा गर्नेछन् । लन्डनको ग्रिनविच क्षेत्रमा १६।१ किलोमिटर प्रतिघन्टाको गतिमा गुड्ने बसको नियन्त्रण कम्प्युटरले गर्छ।

bus_non_driver-58eaeaa75d9cc0.66386436
कम्प्युटरले नियन्त्रण गर्ने भए पनि परीक्षण गुडाइका बेला कुनै ठाउँमा रोक्नका लागि भने एकजना प्रशिक्षणप्राप्त प्राविधिक बसमा रहन्छन् ।चालकविहीन बसको प्रविधि विकास गरेको कम्पनी अक्सबोटिकाले बसमा यात्रा गर्न ५ हजार सर्वसाधारणले आवेदन दिएको जनाएको छ ।

‘स्वचालित बसमा न्यून संख्यामा मात्र सर्वसाधारणले यात्रा अनुभव गर्न पाएका छन् । त्यसैले यो परीक्षण सर्वसाधारणले स्वचालित बसयात्राको प्रत्यक्ष अनुभव लिन पाउन भनेर गरिएको हो’, अक्सबोटिकाका प्रमुख कार्यकारी अधिकृत डा। ग्रिम स्मिथले भन्नुभयो, ‘सर्वसाधारणले स्वचालित वाहन मनपराउन भनेर हामीले यो परीक्षण गरेका हौं । साथै स्वचालित बसमा एक ठाउँबाट अर्को ठाउँसम्मको यात्राको प्रतिक्रिया कस्तो देखाउँछन् भनेर पनि हामी हेरिरहेका छौं ।’

बसमा एकपल्टमा जम्मा चारजनाले मात्र यात्रा गर्न सक्छन् । बसमा कुनै स्टेयरिङ र ब्रेक छैन । लन्डनको नर्थ ग्रिनविचस्थित ओटु एरिना क्षेत्रमा टेम्स किनारैकिनार (कुल दुरीको करिब दुई माइल) गुड्ने स्वचालित बसमा पाँच वटा क्यामेरा र तीन वटा लेजरले मार्गनिर्देश गर्छन् । त्यस क्षेत्रमा साइकलयात्री र बटुवा सराबरी यात्रा गर्छन् ।

बसका क्यामेरा र लेजरले सय मिटरको दुरीसम्म देख्न सक्छ र यो दुरीमा अगाडि कुनै चिज देखे पत्ता लगाउनासाथ टक्क रोकिन्छ । तर आवश्यक भए आकस्मिक ब्रेक लगाउन पनि सक्छ ।’बटुवा हिँड्ने क्षेत्रमा पनि गुड्ने भएकाले बस सुरक्षित र कुनै चुक नहुने गरी डिजाइन गरिएको छ’, डा। स्मिथले भन्नुभयो । गेटवे प्रोजेक्ट नाम दिइएको स्वचालित बस परियोजनामा संलग्न कर्मचारीले लन्डनबाट नर्थ ग्रिनविचसम्म यात्रा गर्न स्वचालित बसले अझै सुविधाजनक बनाउने अपेक्षा राखेका छन्।

कम्पनीका अनुसार परीक्षणपछि सन् २०१९ सम्ममा यात्रुले स्वचालित बसमा यात्रा गर्न पाउने छन् । उद्योगमन्त्री निक हर्डले भन्नुभयो, ‘बेलायतको इतिहास यातायात क्षेत्रमा गरिएका नयाँ नयाँ अन्वेषणले भरिएको छ र यस्तो प्रविधिले हिँडडुल गर्न नसक्नेका लागि यात्रा सहज बनाउनुका साथै दुर्घटनाबाट सुरक्षित पार्ने राम्रो सम्भावना छ ।’

बेलायतमा सर्वसाधारण स्वचालित वाहनको परीक्षण यात्रामा सहभागी भएको यो पहिलो पटक होइन । अक्बोटिकाले नै केही समयअघि मिल्टन किन्समा गरेको यस्तै स्वचालित कारमा पत्रकारलाई यात्रा गराएको थियो । ट्राफिक प्रहरी वार्डेनले पनि त्यो कारमा यात्रा गर्न चाहेका थिए ।

बेलायतबाहेक विश्वका अन्य देशमा पनि स्वचालित वाहनको परीक्षण भएका छन् । यसै वर्ष जनवरीमा अमेरिकी सहर लस भेगासमा व्यस्त ट्राफिकबीच फ्रिमन्ट स्ट्रिटमा यात्रुसहित ओहोरदोहोर गरेको थियो । सन् २०१६ अगस्टमा आफूले विकास गरेमो ट्याक्सी एप्सको प्रयोगबाट चालकरहीत वाहनमा यात्रा गराउने विश्वकै पहिलो कम्पनी भएको दाबी सिंगापुरको कम्पनी नू टोनोमीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता