देउवाले भने-टुक्काले देश बन्ने भए कलाकारलाई पार्टी अध्यक्ष बनाए भयो

Congress-1-768x460२७ चैत, धनगढी । नेपाली कांग्रेसको पहिलो चुनावी सभामा सभापति शेरबहादुर देउवा प्रमुख विपक्षी एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।

 

प्रदेश नम्बर ७ मा पर्जे कैलालीको अत्तरियामा आयोजित सभामा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गरे ।

एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएका देउवाले एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए । ‘एमाले जस्तो जिम्मेवार पार्टीले विभिन्न जातजाति र भाषाभाषीलाई फुटाउन खोजेको छ’ देउवाले भने, ‘मधेसलाई छाडेर देश बन्दैन ।’

एमाले अध्यक्ष केपी ओलीको नाम लिँदै उनले भने, ‘उखान टुक्काले देश बन्ने भइ कलाकारलाई नै पार्टी अध्यक्ष बनाए भयो । ओलीभन्दा राम्रा कलाकार धेरै छन् ।’एकता र मेलमिलाप मुलुकको वर्तमान आवश्यकता रहेको भन्दै उनले उखान टुक्का हालेर जनता भड्काउने काम नगर्न सचेत गराए ।

सुदूरपश्चिममा थारु र पहाडी समुदायबीच द्वन्द्व निम्त्याउने काम भएको भन्दै उनले मिलेर बस्नुको विकल्प नभएको बताए । जंगबहादुरले अंग्रेजसँग पैसाको साटो भूमि मागेको स्मारण गर्दै सभापति देउवाले भने, ‘यो सबैको हो ।’

मुलुकको विकास गर्ने र अन्तराष्ट्रिय समुदायले विश्वास गर्ने एकमात्र पार्टी कांग्रेस भएको भन्दै उनले कांग्रेसलाई वहुमत दिन अपील गरे ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले प्रतिपक्षको भूमिका भन्दा द्वन्द्व निम्त्याउन लागेको आरोप लगाए । पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पार्टीलाई एक ढिक्का वनाए मात्रै निर्वाचनमा वहुमत आउन सक्ने भन्दै उनले यसतर्फ सचेत रहन नेता कार्यकर्ताहलाई निर्देशन दिए ।

महामन्त्री शशांक कोइरालाले मतभेदहरुलाई थाति राख्दै निर्वाचनमा एक भएर लाग्न आग्रह गरे । साथै पार्टीको उम्मेदवारविरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी दिए ।

कांग्रेस कैलालीका सभापति नरनारायण शाहको अध्यक्षतामा भएको आमसभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु एनपी साउद, ईश्वरी न्यौपाने, वद्री पाण्डे, रमेश लेखक लगायतले सम्बोधन गरे । कार्यक्रममा सहभागी हुन सुदूरपश्चिमका नौ जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ता कैलालीको अत्तरियामा भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत