२४ चैत, काठमाडौं । अल्भारो मोराटाको हृयाट्रिकसँगै रियल मड्रिडले लेगन्समाथि जित हात पारेको छ र, फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार भएको खेलमा रियल मड्रिडले रेलिगेशनबाट बच्न संघर्षरत लेगन्समाथि ४-२ को जित हात पारेको हो । त्यसअघि भएको खेलमा बार्सिलोनाले मेस्सीको दुई गोलको मदतमा सेभियामाथि ३-० को जित निकालेको थियो ।
लेगन्सको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १८औं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलबाट अग्रता लिएको थियो । तीन मिनेटपछि नै मोराटाले अग्रता दोब्बर पारे ।
२३ औं मिनेटमा मोराटाले नै दोस्रो गोल गर्दै भ्रमणकारी टोलीलाई ३-० को अग्रता दिलाए ।
तर, घरेलु टोलीले हार मानेन । ३२ औं मिनेटमा परेजले गोल गरे भने ३४ औं मिनेटमा नाभासले गोल गरेपछि पहिलो हाफमा मड्रिडको अग्रता ३-२ मा झर्यो ।
तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै मोराटोल गोल गर्दै हृयाट्रिक पूरा गरे । खेलमा थप गोल हुन सकेन र मड्रिड ४-२ ले विजयी भयो ।
जितसँगै पुनः ला लिगाको शीर्ष स्थानमा फर्किएको रियलको २९ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६९ अंक छ र उसले एक खेल बढी खेलेको छ ।
रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले यो खेलमा क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेललाई आराम दिएका थिए । उनको टिममा ९ परिर्वतन थियो ।
पहिलो हाफमा ३-० ले पछि परेर पनि २ गोल फर्कार्उँदै लेगन्सले जिदानको यो निर्णयलाई झण्डै आत्मघाती सावित गराएको थियो । तर, मोराटाको हृयाट्रिक गोलसँगै रियल मड्रिड लगातार छैटौं जित निकाल्न सफल भएको छ ।
३ चैत,काठमाडौँ । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३
२ चैत,काठमाडौं।नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा
२ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।
२५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी
१४ फागुन , काठमाडौँ । आज नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतको
११ फागुन, काठमाडौं । प्रथम केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि सुरु हुँदै छ