
दक्षिण कोरिया, २३ चैत । उत्तर कोरियाले उसको पूर्वी बन्दरगाहा सिन्पोबाट ‘सी अफ जापान’मा क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन्।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले क्षेप्यास्त्रले ६० किलोमिटरको दूरी पार गरेको जनाएको छ।यो, उत्तर कोरियाको श्रृखंलावद्ध परीक्षणहरुको सबैभन्दा पछिल्लो घटना हो। उत्तर कोरियाले यी यस्ता परीक्षणहरु शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउने गर्छ।
पश्चिमा जगत भने ती परीक्षणलाई आणविक हतियार विकास गर्ने अङ्गका रुपमा हेर्छ।
अमेरिकी समकक्षी डोनल्ड ट्रम्पसँग भेट्न चिनियाँ राष्ट्रपति सी जिनपिङ् अमेरिका यात्रामा निस्कन लागेका बेला पछिल्लो घटना भएको हो।ती दुई नेताले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र योजनाहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने बताइएको छ।
अमेरिकी रक्षा मन्त्री रेक्स टिलरसनले उत्तर कोरियाबारे अमेरिकाले पर्याप्त बोलिसकेको भन्दै थप टिप्पणी नगर्ने बताए।
अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डले उत्तर कोरियाले प्रहार गरेको पछिल्लो क्षेप्यास्त्र मध्यम दूरीको केएन फिफ्टिन रहेको बताएको छ।
जापानले पछिल्लो प्रहार उत्तेजना फैलाउने खालको भएको टिप्पणी गरेको छ।दक्षिण कोरियाले भने त्यसलाई कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय जगतको शान्ति एवम् सुरक्षामाथिको खतरा तथा राष्ट्रसंघप्रतिको ठाडो चुनाती भएको भन्दै भर्त्सना गरेको छ।
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता