क्रिकेट संघको विवाद

Nepal-Cricket-And-icc२३ चैत, काठमाडौं । नेपाल सल्लाहकार समूहमा नेपाल क्रिकेट संघको संक्रमणकालीन व्यवस्थाबारे विवाद देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले गठन गरेको सल्लाहकार समूहमा प्रस्तावित विधानबारे छलफल भइरहेको छ ।

तर, निर्वाचिन क्यान र अर्को समूहबीच नयाँ निर्वाचन नहुँदासम्म कसले नेतृत्व गर्ने भन्ने विवाद देखिएको छ ।

सल्लाहकार समूहमा कानुन व्यवसायीको तर्फबाट पेश भएको विधानको मस्यौदामा वर्तमान सल्लाहकार समूहलाई तदर्थ समितिमा परिणत गर्ने प्रस्ताव गरिएको छ ।

तर, चतुरबहादुर चन्द समूहले यो प्रस्ताव ठाडै अस्वीकार गरेको छ । उनीहरुले काउन्टर प्रस्तावका रुपमा निर्वाचित क्यानलाई तदर्थ समूह बनाउन प्रस्ताव गरेको छ ।

‘अहिले केही मानिसहरु सबै संरचनालाई खारेज गरौं र तदर्थ समिति बनाऔं भन्दैछन् । तर, सल्लाहकार समूहले बनाएको विधान हाम्रै साधारणसभाले अनुमोदन गर्नु पर्नेछ’ सल्लाहकार समूहमा रहेका निर्वाचित क्यानका एक सदस्यले भने, ‘आफैंलाई भस्म पार्ने विधान कसरी पास गर्ने रु’

चन्द समूहले अहिले भएका जिल्ला संघहरुलाई के गर्ने भन्ने प्रश्न पनि अघि सारेको छ ।

सल्लाहकार समूहमा केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने सहमति भएको छ । जिल्लामा मापदण्ड बनाएर मात्र सदस्य दिनेमा पनि सहमति जुटेको छ ।

तर, जिल्लाको मताधिकारबारे सहमति हुन सकेको छैन । चन्द समूहले अहिले जस्तै साधारणसभामा जिल्ला संघको पनि प्रतिनिधि हुनु पर्ने माग राखेको छ ।

सल्लाहकार समूहका प्रवक्ता रोहित दाहालले भने विधानमा छलफल भइरहेको बताए ।

आईसीसीले आगामी जुनमा हुने बोर्ड बैठकअघि नै नेपालमा सहमति होस् भन्ने चाहेको छ ।

त्यसअघि सल्लाहकार समूहले सहमति गरे नेपालको निलम्बन फुकुवाबारे छलफल हुनसक्नेछ ।

तर, चन्द पक्षका एक सदस्यले भने त्यो सम्भावना कम रहेको बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘केही मुख्य विषयमा सहमति हुन सकेको छैन । यही अवस्थामा जुन अगावै सहमति जुट्ने सम्भावना कम छ ।’

अर्को पक्षले भने चन्द पक्ष सहमति नआए बहुमतबाट पनि अघि बढ्ने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा