नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने घोषणा गरेका छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
भारतीय जनता पार्टीका सांसद तथा पत्रकार तरुण विजयले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायकसँगै ‘हिन्दु सम्राट’ रहेको र उनको यथेष्ट सम्मानस्वरूप दिल्लीमा प्रतिमा स्थापित हुनुपर्ने सुझावसहित आफूले त्यस्तो अभियान सुरु गर्ने घोषणा गरेका हुन् । बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको सहयोगमा काठमान्डु विश्वविद्यालय र भारतको माखनलाल चतुर्वेदी विश्वविद्यालयद्वारा राजधानीमा सोमबार संयुक्त रूपमा आयोजित नेपाल–भारत सम्बन्धबारे सेमिनारमा तरुण विजयले त्यस्तो घोषणा गरेका हुन् ।
पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भएको घोषणा गरेका थिए । उक्त अभियानबारे दिल्लीस्थित नेपाली राजदूत दीप उपाध्याय र नेपालका केही मन्त्रीसँग पनि छलफल गरेको उनले बताए । हिन्दुत्व समर्थक पाञ्चजन्यका सम्पादकसमेत रहिसकेका तरुण विजयले नेपालमा विक्रम संवत् र देवनागरी लिपिको चलनचल्ती रहेकोमा खुसीसमेत व्यक्त गरे ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा