किशोरीमाथिको यौन उत्पीडन फेसबुकमा लाइभ !

Chiicago-Police-768x422अमेरिकी शहर शिकागोमा १४ बर्षीय किशोरलाई आफुभन्दा एक वर्ष जेठी किशोरीमाथि यौन उत्पीडन गरेको आरोपमा गिरफ्तार गरिएको छ । सो ‘उत्पीडन’ को फेसबुकमा लाइभ स्ट्रिमिङ भएको थियो ।

नाबालिक भएको कारणले प्रहरीले आरोपीको नाम सार्वजनिक गरेको छैन । तर उनीमाथि अपराधिक मामलाका साथै चाइल्ड पोर्नोग्राफीको प्रसारसम्वन्धी मुद्दा दायर गरिएको छ ।

यो घटना अघिल्लो महिनाको हो । किशोरीमाथि ५-६ व्यक्तिहरुले उत्पीडन गरेको बताइएको छ । करिब ४० व्यक्तिहरुले त्यसलाई लाइभ हेरेका थिए, तर कसैले पनि प्रहरीमा उजुरी गरेनन् । एक किशोरले पीडितका एक आफन्तलाई उक्त घटनाबारे सुनाएका थिए ।

पीडित किशोरी आफ्नो परिवारसँग १९ मार्चमा चर्च गएकी थिइन् । फर्किने क्रममा उनी आफ्नो घर नजिकैबाट बेपत्ता भइन् । २१ मार्चमा उनी घर फर्किइन् तर त्यतिबेलासम्म उनको उत्पीडनको भिडियो फेसबुकमा आइसकेको थियो ।

छोरी घर फर्केपछि संभावित खतरा र छरछिमेकीहरुको सोधखोजबाट दिक्क भएर परिवारले आफ्नो निवास बदलेको छ । शिकागो प्रहरीले यो घटनामा संलग्न अरु व्यक्तिहरु पनि समातिने विश्वास व्यक्त गरेको छ ।

यस विषयमा फेसबुकका प्रवक्ताले भने, ‘यो जघन्य अपराध हो । हामी यस्तो प्रकारको विषयवस्तुलार्इ प्रशारण अनुमति दिन सक्दैनौं । फेसबुकमा मानिसहरुको गोपनियता काम राख्नु हाम्रो जिम्मेवारी हो । यौन उत्पीडनका सबै भिडियो तथा हिंसालाई बढावा दिने खालका सबै भिडियोहरुलाई हटाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत