मेस्सी विना पनि बार्सिलोनाको जित, रियलमाथि दबाव

Barcelona-768x460२१ चैत, काठमाडौं । लिओनल मेस्सीको अनुपस्थितिमा बार्सिलोनाले ग्रानाडामाथि सहज जित हात पारेको छ र, लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित ग्रानाडालाई ४-१ ले हराएको हो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ४४ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो ।

 

५० औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । तर, ६४ औं मिनेटमा अलासरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८२ औं मिनेटमा अग्बोले रातो कार्ड पाएपछि ग्रानाडा १० खेलाडीमा सिमित भयो ।

लगतै राकिटिकले गोल गरे । अतिरिक्त समयमा नेयमारले गोल गरेपछि बार्सिलोना ४-१ ले विजयी भएको छ ।

जितपछि बार्सिलोनाको २९ खेलबाट ६६ अंक भएको छ । लिग लिडर रियल मड्रिडको ६८ अंक छ र उसले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति