एजेन्सी,प्राय विश्वका धेरै देश भ्रष्टाचारको समस्याबाट ग्रस्त भएको देखिन्छ।उनीहरुले भ्रष्टाचारको भारबाट कहिल्यै माथि उठ्न सकेका छैनन्। तर विश्वमा यस्ता देश पनि छन् जहाँ भ्रष्टाचारको जालो मुक्त छ। यी देशहरुमा नोटबन्दी र भ्रष्टाचार निक्कै कम हुन्छ। भ्रष्टाचार मापन गर्ने अन्तराष्ट्रिय संस्था ट्रान्सप्यारेन्सी इन्टरनेशलले १० कम भ्रष्ट देशको सूचीमा कुन कुन देश परेका छन् त ?
१। डेनमार्क
डेनमार्क विश्मै कम भ्रष्टाचार गर्ने पहिलो मुलुकमा पर्छ। यसको करप्शन परसेप्सन इन्डेस्क इन्डेस्क९सिपीआइ०मा ९२ नम्बर पाएको छ। यहाँ प्रशासनिक भ्रष्टाचार, व्यापारिक भ्रष्टाचार र अन्य प्रकारका भ्रष्टाचार निक्कै दुर्लभ मानिन्छ। यहाँ एकात्मक संसदीय व्यवस्था प्रणाली रहेको छ।
२। न्युजील्याण्ड
न्युजील्याण्ड विश्मै कम भ्रष्टाचार गर्ने दोस्रो मुलुकमा पर्छ। यसको सिपीआइ ९१ रहेको छ। यहाँ संसदीय प्रणाली रहेको छ। रानी एलिजाबेथ दोस्रो नै राष्ट्र प्रमुख रहेकी छिन्। यहाँको सरकार वेस्ट मिनिस्टर प्रणालीमा विश्वास गर्छ।
३। फिनल्याण्ड
फिनल्याण्ड पनि संसदीय व्यवस्थामा आधारित देश हो। यहाँ प्रधानमन्त्री कार्यकारी प्रमुख रहने व्यवस्था छ। यहाँका राजनीतिक दलका नेताहरु भ्रष्टाचारविरुद्ध सशक्त भएर उभिने गरेका छन्। यहाँको सिपीआइ ८९ रहेको छ।
४। स्वीडेन
स्वीडेन प्रजातान्त्रिक संसदीय व्यवस्था प्रणालीमा आधारित देश हो। यहाँको शिक्षा, स्वास्थ्य र विकास विश्वमै उत्कृष्ट मानिन्छ। यहाँको सरकार समेत पारदर्शीम्तामा विश्वास गर्ने गर्छ। यहाँका सरकारी एजेन्सीहरु नै भ्रष्टाचारविरुद्ध उत्रिने गर्छन्। यहाँको सिपीआइ ८७ रहेको छ।
५। स्विट्जरल्याण्ड
स्विट्जरल्याण्ड संघीय प्रत्यक्ष प्रजातान्त्रिक गणतन्त्रात्मक प्रणाली भएको देश हो। यहाँका जनताहरु आफ्नो हक र अधिकारप्रति सचेत छन्। यस कारण यहाँ भ्रष्६ाचार हुने सम्भावना न्यून रहन्छ।
यहाँको प्रजातान्त्रिक सरकार विकासको बाटोमा विश्वमै अगाडि रहेको छ। यहाँको बलियो र प्रभावकारी कानुनी प्रक्रियाले गर्दा भ्रष्टाचारमा कमी आउने गर्दछ। यहाँको सिपीआइ ८६ रहेको छ।
६।नोर्वे
नोर्वे संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था भएको देश हो। यहाँको राजतन्त्र नै राष्ट्र प्रमुख र सरकार प्रमुख हुने गर्दछ। यहाँको न्याय प्रणाली स्वतन्त्र तवरले कार्यान्वयन हुने भएकाले यहाँ भ्रष्टाचार निक्कै कम हुने गर्दछ। यहाँको सिपीआइ ८५ रहेको छ।
७। सिंगापुर
सिंगापुर विश्वकै पाँचौ कम भ्रष्ट भएको मुलुक हो। यहाँ पनि एकात्मक वेस्टमिनिस्टर प्रणालीको संसदीय प्रणाली छ। यहाँ भ्रष्टाचार निगरानी गर्ने विशेष प्रकारको एजेन्सी नै खडा गरिएको छ। यहाँको सिपीआइ ८४ रहेको छ।
८। नेदरल्याण्डस्
नेदरल्याण्डस् संवैधानिक राजतन्त्रात्मक संसदीय प्रणाली भएको मुलुकु हो। यहाँको वर्तमान राजा विलियम एलेक जेन्डर हुन्। राजाले शहरका मेयर र राजनीतिक दलका नेताहरुलाई अह्राउने र खटाउने गर्छ। प्रधानमन्त्री नै सरकार प्रमुखको रुपमा काम गर्ने गर्दछ।यहाँको सिपीआइ ८३ रहेको छ।
९। क्यानाडा
क्यानाडा संसदीय प्रणाली मुख्य र राजतन्त्रात्मक संदीय प्रणाली भएको मुलुक हो। रानी एलसजाबेथ दोस्रो यहाँको शासक हुन्। यहाँको खुल्ला प्रजातान्त्रिक अभ्यासले भष्टाचारलाई न्यूनिकरण गर्न मद्दत पुगेको छ। यहाँको सिपीआइ ८२ रहेको छ।
१०। लग्जमबर्ग
लग्जमबर्ग पनि युरोपियन युनियन अन्तर्गतको विश्वकै सानो मुलुकमध्ये धनी राष्ट्रमा पर्दछ।यहाँको सार्वभौमसत्ता डची भाषी हुन्। यहाँको मूख्य विशेषता भनेकै कम भ्रष्टाचार हुनु हो।यहाँको सिपीआइ ८१ रहेको छ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत