फिलिपिन्सबिरुद्धको खेलमा कप्तान बिराज प्लेइङ-११ मा परेनन्

 १५ चैत, काठमाडौं । सन् २०१९ मा हुने एसियन कप अन्तर्गत छनौट चरणमा फिलिपिन्सबिरुद्ध प्रतिस्पर्धाको तयारीमा रहेको नेपालको प्लेइङ-११ को टुंगो लागेको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियन स्टेडियममा आज साझ पौने ६ बजेदेखि सुरु हुने खेलमा सुरुवाती टोलीमा नेपालका नियमित कप्तान बिराज महर्जन हुनेछैनन् ।

बिराजलाई आराम दिइएको छ । उनको अनुस्थितिमा भरत खवासले नेपालको कप्तानी गर्ने सम्भावना छ ।

फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली सुरुवाती टोलीमा गोलरक्षक किरणकुमार लिम्बु, डिफेण्डरहरु रविन श्रेष्ठ, कमल श्रेष्ठ, आदित्य चौधरी र अनन्त तामाङ, मिडफिल्डरहरु रोहित चन्द, बिक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ तथा स्ट्राइकरमा बिमल घर्तीमगर र भरत खवास छन् ।

नेपाल र फिलिपिन्सबीच भएका पछिल्ला ४ खेलमा नेपालले १ खेल जितेको छ । पछिल्लो समय २०१५ अक्टोवरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्स ३-० गोलले बिजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको