फिलिपिन्सबिरुद्धको खेलमा कप्तान बिराज प्लेइङ-११ मा परेनन्

 १५ चैत, काठमाडौं । सन् २०१९ मा हुने एसियन कप अन्तर्गत छनौट चरणमा फिलिपिन्सबिरुद्ध प्रतिस्पर्धाको तयारीमा रहेको नेपालको प्लेइङ-११ को टुंगो लागेको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियन स्टेडियममा आज साझ पौने ६ बजेदेखि सुरु हुने खेलमा सुरुवाती टोलीमा नेपालका नियमित कप्तान बिराज महर्जन हुनेछैनन् ।

बिराजलाई आराम दिइएको छ । उनको अनुस्थितिमा भरत खवासले नेपालको कप्तानी गर्ने सम्भावना छ ।

फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली सुरुवाती टोलीमा गोलरक्षक किरणकुमार लिम्बु, डिफेण्डरहरु रविन श्रेष्ठ, कमल श्रेष्ठ, आदित्य चौधरी र अनन्त तामाङ, मिडफिल्डरहरु रोहित चन्द, बिक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ तथा स्ट्राइकरमा बिमल घर्तीमगर र भरत खवास छन् ।

नेपाल र फिलिपिन्सबीच भएका पछिल्ला ४ खेलमा नेपालले १ खेल जितेको छ । पछिल्लो समय २०१५ अक्टोवरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्स ३-० गोलले बिजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा