बंगलादेशको छैटौं विकेट झर्‍यो

Nepali-cricket-team-768x429१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशबिरुद्ध प्रदर्शन गरिरहेको छ ।

 

सुरुवाती ११ ओभरमै चार विकेट गुमाएको बंगलादेशका लागि पाचौं र छैटौं विकेट युवा स्टार सन्दिप लामिछानेले लिएका छन् । उनले बंगाली कप्तान मोमिनुल हक र अफिफ हुसेनलाई पेविलियनको बाटो देखाए ।

पाचौं विकेट लिने क्रममा सन्दिपले हक र नसिर हुसेनको ७८ रनको पार्टनरसीप तोड्न सफल भए । २५औं ओभरको पहिलो बलमा उनले मोमिनुललाई ६१ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन् ।त्यसपछि आएका अफिफ हुसेनले पनि सन्दिपले नै ३२औं ओभरको दोस्रो बलमा पेविलियनको बाटो देखाए । उनी १४ रन बनाएर आउट भए ।

अर्को एण्डबाट खेलिरहेका नसिर हुसेनले भने अर्धसतक पूरा गरेका छन् ।

यसअघि ओपनिङ बलर अभिनाश कर्णले सुरुवाती पाँच ओभरमै तीन विकेट लिएर बंगलादेशलाई दवावमा ल्याएका थिए । ११औं ओभरमा मेहवुव आलमले विकेट लिएका थिए ।

बंगलादेशले अहिलेसम्म ३२ ओभरमा ६ विकेट गुमाएर १४२ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।