वासिङटन, १४ चैत
– रसियालीसँगको सम्बन्धका कारण डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पदबाट हट्न सक्ने संभावना बढेको छ । अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीका नुसार ट्रम्पविरुद्ध ‘रसियालीलाई समर्थन गरेको’ भन्ने मुद्दा चलेकाले उनी राष्ट्रपति पदबाट हट्ने संभावना बढेको हो ।
अमेरिकी राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प रसियासँग मिलेको भन्ने आरोप लागेको छ । नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख जोन शिडंलरका अनुसार ट्रम्पको यस गतिविधीमा अनुसन्धान जारी रहेको छ ।
उक्त मुद्दाको सामना राष्ट्रपति ट्रम्पका सहयोगीहरूले मात्रै नभई उनले आफैँ गर्नुपर्ने छ । जसले उनलाई सडकमा ल्याउन सक्ने नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख शिडंलरले बताए ।
ट्रम्पले आफ्नो चुनावी प्रचार प्रसारका क्रममा संलग्न समूहहरू र त्यस समयमा रुससँगको सम्बन्धबारे लुकाउन चाहेको तथ्यको अनुसन्धान सुरु भइसकेको छ ।
चुनावी प्रचार प्रसारको क्रममा ट्रम्पको म्यानेजरका रुपमा काम गरेका पर्ल म्यानपोर्ट यस मुद्धाका प्रमुख आरोपी हुन् । उनी यस भन्दा पहिले नै रसियाली राष्ट्रपतिसँग संलग्न भएर काम गरिसकेका समेत खुलेको छ ।
नेशनल सेक्युरिटी एजेन्सी र अमेरिकी गुप्तचर निकायले उनीसँग केन्द्रित भएर अनुसन्धान गरेको छ । ट्रम्प प्रशासन भने उनको बचाउका लागि लागिपरेको तथ्य सार्वजनिक भएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत