काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो । एकसय ८१ रनको विजयी लक्ष्य पाकिस्तानले चार विकेटको क्षतिमा ४५ दशमलव १ ओभरमा पुरा गर्यो ।
पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले अविजित १०४ रन बनाए । उनले एकसय ३५ बल खेल्ने क्रममा नौ चौका प्रहार गरे । यस्तै, हमिद आजमले अविजित २२, इमरान बटले २१, हरिस सोहेलले १७ तथा मोहम्मद रिजवानले १० रनको योगदान दिए ।
बलिङतर्फ नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुईदुई विकेट लिए । फास्ट बलर दीपेश श्रेष्ठ र स्पिनर सुशन भारीले पाकिस्तानसँगको खेलबाटै नेपाली सिनियर टोलीमा डेब्यु गरेका छन् ।
यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा सुनिल धमलाले एकसय २५ बलको सामना गर्दै ४३ रन तथा शरद भेषवाकरले ५९ बल खेल्दै ३८ रन बनाए । यस्तै, बिनोद भण्डारीले २४ तथा आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ पाकिस्तानका गुलाम मुदासारले पाँच तथा उसमा मिरले दुई विकेट लिए ।पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ९ विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित इमर्जिङ टिम्स कप सन् २०१३ पछि आयोजना भएको हो ।
नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समुह ए मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समुह बि मा भारत, श्रीलंका, मलेसिया र हङकङ रहेका छन् ।
प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ बर्षमुनिका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मङ्गलबार बङ्ंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
३ चैत,काठमाडौँ । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३
२ चैत,काठमाडौं।नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा
२ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।
२५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी
१४ फागुन , काठमाडौँ । आज नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतको
११ फागुन, काठमाडौं । प्रथम केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि सुरु हुँदै छ