ताप्लेजुङ, १४ चैत्र । ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधीमानै दुई करोड वढि भेटी तथा सहयोग संकलन भएको छ । भक्तजनले चढाएको भेटी तथा सहयोग गरि दुई करोड ३८ लाख संकलन भएको भेटीघाटी व्यवस्थापन समितिले
जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयमा आईतबार संकलित रकम सार्वजानिक गरिएको थियो ।
स्थानिय स्तरमा गठित संस्था पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको खातामा १ करोड ५४ लाख ४६ हजार भेटिघाटी संकलित रहेको समितिका सचिव तारानाथ घिमिरेले बताए । यता भेटिघाटी व्यवस्थापन समितिको खातामा ८३ लाख ६० हजार रहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले बताए । ११ लाख ६० हजार एक बर्षमा कर्मचारीको तलवमा खर्च गरिएको बताईएको छ ।
सार्वजानिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरवहादुर खड्काले संकलित रकम गुरुयोजना अनुसार खर्च गरिने बताए । सार्वजनिक कार्यक्रममा स्थानिय विकास अधिकारी नरहरी भण्डारी पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष सजन पौडेल, संरक्षण समितिका उपाध्यक्ष रणवहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका
८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।
६ चैत,काठमाडौं । चैत १० गतेदेखि १२ गतेसम्म तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना
६ चैत,काठमाडौं । अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा
६ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (आज) विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको