काठमाडौँ, १४ चैत । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७९ रन बनायो ।
कप्तान ज्ञानेन्द्र मल्ल २ रन, सागर पुन ४ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भएपछि नेपालको इनिङ्स सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए । १२६ बलको सामना गर्दै धमलाले ४३ रनको योगदान दिए । यस्तै भेषवाकरले ५८ बल खेल्दै ३८ रन बनाए । विनोद भण्डारीले २४ तथा आरिफ शेखले १६ रनको योगदान दिए
नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र वसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान, बङ्गलादेश र हङ्कङ समावेश छन् । समूह ‘बी’मा भारत, श्रीलङ्का, मलेसिया र हङ्कङ रहेका छन् ।
एसियाली क्रिकेट परिषद् एसिसीको आयोजनामा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङ्कङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बङ्गलादेश र श्रीलङ्काका २३ वर्ष मुनिका खेलाडीको सहभागिता रहेको छ । रासस
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा