नयाँ शक्ति पार्टीको सांसद चौधरीको प्रश्न, भूमि रक्षकलाई विखण्डनकारी भन्ने हो भने नदी बेच्नेलाई के भन्ने ?कोहलपुर (बाँके), १२ चैत । नयाँ शक्ति पार्टी नेपालको नेतृ तथा संसदीय दलकी नेता गंगा चौधरीले यो देशको भूमिलाई उर्बर बनाउनेहरुलाई विखण्डनकारीको बिल्ला भिराइएको भन्दै कडा प्रतिवाद गरेकी छन् ।
नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । ‘यो भूमिलाई उर्वर बनाउने को हो ?,’ उनले भनिन्, ‘जसले यो भूमिलाई उर्वर बनायो त्यसलाई विखण्डनकारीको बिल्ला भिराइन मिल्छ ?’
उनले देशलाई उर्वर भूमिमा रुपान्तरण गर्नेहरुलाई नै शासकहरुले दोस्रो नागरिकको रुपमा हेर्ने गरिएको गुनासो गरिन् । ‘जसले यो देशको एक चिम्टी माटो बेचेको छैन, त्सलाई देश द्रोहीको विल्ला भिराइन्छ,’ उनले भनिन्, ‘तर, यो देशको पानी र जमिन बेच्नेलाई के भन्ने ?’
उनले २१ औं शताब्दीका नेपाली जनतालाई अब कसैले झुक्याउन नसक्ने बताईन् । नेतृ चौधरीले देशको आर्थिक समृद्धिका लागि देशका युवाहरुलाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिईन् । उनले नयाँ शक्ति सशक्त बन्नुपर्ने धारणा राख्दै पार्टीलाई भिटामिन र खोपको आवश्यकता रहेकोसमेत बताईन् ।
२०८० जेष्ठ ,काठमाडौं। यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी
जेष्ठ २, काठमाडौं । माओवादी द्वन्द्वका अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय विरुद्धको
वैशाख २९ ,विराटनगर । आफूलाई कृषि विज्ञको रूपमा परिचय बनाएका मदन राई पक्राउ परेका छन्
वैशाख २८,काठमाडौं । आज शुरु भएको केन्द्रिय समितिको वैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
२०८० बैशाख २४,काठमाडौं । प्रतिनिधिसभा सदस्यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न–उत्तर गरिने भएको
वैशाख २२काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा साम्सद सूर्य थापाले नक्कली भुटानी