नयाँ शक्ति पार्टीको सांसद चौधरीको प्रश्न, भूमि रक्षकलाई विखण्डनकारी भन्ने हो भने नदी बेच्नेलाई के भन्ने ?
कोहलपुर (बाँके), १२ चैत । नयाँ शक्ति पार्टी नेपालको नेतृ तथा संसदीय दलकी नेता गंगा चौधरीले यो देशको भूमिलाई उर्बर बनाउनेहरुलाई विखण्डनकारीको बिल्ला भिराइएको भन्दै कडा प्रतिवाद गरेकी छन् ।
नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । ‘यो भूमिलाई उर्वर बनाउने को हो ?,’ उनले भनिन्, ‘जसले यो भूमिलाई उर्वर बनायो त्यसलाई विखण्डनकारीको बिल्ला भिराइन मिल्छ ?’
उनले देशलाई उर्वर भूमिमा रुपान्तरण गर्नेहरुलाई नै शासकहरुले दोस्रो नागरिकको रुपमा हेर्ने गरिएको गुनासो गरिन् । ‘जसले यो देशको एक चिम्टी माटो बेचेको छैन, त्सलाई देश द्रोहीको विल्ला भिराइन्छ,’ उनले भनिन्, ‘तर, यो देशको पानी र जमिन बेच्नेलाई के भन्ने ?’
उनले २१ औं शताब्दीका नेपाली जनतालाई अब कसैले झुक्याउन नसक्ने बताईन् । नेतृ चौधरीले देशको आर्थिक समृद्धिका लागि देशका युवाहरुलाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिईन् । उनले नयाँ शक्ति सशक्त बन्नुपर्ने धारणा राख्दै पार्टीलाई भिटामिन र खोपको आवश्यकता रहेकोसमेत बताईन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा