भारतीय कप्तान विराट कोहली लगातार ५४ टेस्टपछि पहिलो पल्ट टिमबाट बाहिरिएका छन्। राचीमा भएको तेस्रो टेस्टमा काधमा चोट बोकेका विराट शनिवारदेखि धर्मशालामा सुरु भएको चौथो टेस्टबाट बाहिरिएका हुन्।
सन् २०११ मा वेष्ट इन्डिजविरुद्ध मुम्बई टेस्टबाट पुनः फर्किएका विराट त्यसपछि लगातार ५४ टेस्टमा संलग्न थिए। विराटले २०११ को जुनमा वेष्ट इन्डिजविरुद्ध सबिना पार्क, किङ्सटनमा डेब्यु गरेका थिए। वेष्ट इन्डिज भ्रमणमा तीन टेस्टको पाँच इनिङमा उनले १५ को औसतले ७६ रन मात्र बनाएका थिए। यसपछि उनलाई इङ्ल्यान्ड भ्रमणमा पनि मौका दिइएको थियो। तर, ४ वटा टेस्टमा कुनैमा उनले मौका पाएनन्।
यसपछि २२ नोभेम्बरमा मुम्बईमा वेष्ट इन्डिजसँगै खेलेर उनी पुनः टेस्टमा फर्किएका थिए। पछिल्लो समय ५४ टेस्ट खेल्ने क्रममा विराटले ५१ दशमलव ४० को औसतले ४ हजार ४ सय २१ रन बनाएका छन्। जसमा १६ सतक र १४ अर्धसतक समावेश छ।
भारतका लागि लगातार सर्वाधिक टेस्ट खेल्ने कीर्तिमान सुनिल गावस्करको नाममा छ। गावस्करले लगातार १ सय ६ टेस्ट खेलेका छन्। विराट लगातार ५० भन्दा अधिक टेस्ट खेल्ने भारतका ११ औं खेलाडी हुन्।
३ चैत,काठमाडौँ । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३
२ चैत,काठमाडौं।नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा
२ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।
२५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी
१४ फागुन , काठमाडौँ । आज नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतको
११ फागुन, काठमाडौं । प्रथम केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि सुरु हुँदै छ