लगातार ५४ टेस्ट खेलेका विराट कोहली टिमबाट बाहिर

timthumbभारतीय कप्तान विराट कोहली लगातार ५४ टेस्टपछि पहिलो पल्ट टिमबाट बाहिरिएका छन्। राचीमा भएको तेस्रो टेस्टमा काधमा चोट बोकेका विराट शनिवारदेखि धर्मशालामा सुरु भएको चौथो टेस्टबाट बाहिरिएका हुन्।

सन् २०११ मा वेष्ट इन्डिजविरुद्ध मुम्बई टेस्टबाट पुनः फर्किएका विराट त्यसपछि लगातार ५४ टेस्टमा संलग्न थिए। विराटले २०११ को जुनमा वेष्ट इन्डिजविरुद्ध सबिना पार्क, किङ्सटनमा डेब्यु गरेका थिए। वेष्ट इन्डिज भ्रमणमा तीन टेस्टको पाँच इनिङमा उनले १५ को औसतले ७६ रन मात्र बनाएका थिए। यसपछि उनलाई इङ्ल्यान्ड भ्रमणमा पनि मौका दिइएको थियो। तर, ४ वटा टेस्टमा कुनैमा उनले मौका पाएनन्।

यसपछि २२ नोभेम्बरमा मुम्बईमा वेष्ट इन्डिजसँगै खेलेर उनी पुनः टेस्टमा फर्किएका थिए। पछिल्लो समय ५४ टेस्ट खेल्ने क्रममा विराटले ५१ दशमलव ४० को औसतले ४ हजार ४ सय २१ रन बनाएका छन्। जसमा १६ सतक र १४ अर्धसतक समावेश छ।
भारतका लागि लगातार सर्वाधिक टेस्ट खेल्ने कीर्तिमान सुनिल गावस्करको नाममा छ। गावस्करले लगातार १ सय ६ टेस्ट खेलेका छन्। विराट लगातार ५० भन्दा अधिक टेस्ट खेल्ने भारतका ११ औं खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।