आयरल्याण्डका कप्तानको खुट्टा भाँच्चियो, विश्वकप छनौट गुमाउने

coleman-768x432१२ चैत, काठमाडौं । विश्वकप २०१८ को युरोपेली छनौट अन्तर्गत रिपव्लिक अफ आयरल्याण्डले युरोकप सेमिफाइनलिष्ट वेल्सलाई बराबरीमा रोक्दा उसले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो ।

 

अभिभा रंगशालामा खेलको ६९औं मिनेटमा आयरल्याण्डका कप्तान तथा एभर्टनका डिफेण्डर २८ बर्षीय सिमस केलम्यान वेल्सका निल टेलरको भयानक ट्याकलमा परे र उनको खुट्टा भाँच्चियो । लगत्तै रेफ्रीले उनलाई रेड कार्ड दिएका थिए ।

आयरल्याण्डका प्रशिक्षक मार्टिन ओ’निलले आफ्ना डिफेण्डरको खुट्टा खराव तरिकाले भाँच्चिएको जानकारी दिए ।

‘वास्तवमै यो उनका लागि निक्कै ठूलो झड्का हो । उनी आफ्नो खेलजीवनको उत्कृष्ट समयमा थिए तथा हाम्रा लागि उनी निक्कै ठूला खेलाडी थिए र एक महान कप्तान थिए ।’ प्रशिक्षक ओ’निलले भने ।

उता एभर्टनका लागि पनि ठूलो नोक्सानी हो । तर उनी अवश्य र्फकनेछन्, हामी सधैं आशाबादी हुनुपर्छ ।

वेल्सका म्यानेजर क्रिस कोलम्यानले भनेका छन् कि आफ्ना डिफेण्डर टेलर, जसको ट्याकलमा कोलम्यानको खुट्टा भाँच्चिएको थियो, त्यस घटनापछि उनी निक्कै निराश देखिन्छन् ।

‘सबैभन्दा पहिला, सबैभन्दा महत्वपूर्ण कुरा भनेको सिमस कोलम्यान हो’, उनले भने, ‘हामीलाई भनिएअनुसार उनको अवस्था क्रिटिकल छ र त्यसप्रति हामी क्षमायाचना गछौं ।’

‘मेरो खेलाडी टेलर वास्तवमै त्यस्तो खालको खेलाडी होइन, तर सिमसका लागि यो निक्कै दुःखदायी क्षण हो, हामी उनको साथमा छौं र यस्तो दुर्घटना फेरी देख्न नपरोस भनेर कामना गर्छु ।’ वेल्स प्रशिक्षकले भने ।

एभर्टन मिडफिल्डर जेम्स म्याकर्थीले पनि आयरल्याण्डको तर्फबाट खेल्ने निश्चित थियो, तर खेलको केहि समयअघि मात्रै हृयामस्टि्रङ इन्ज्यूरीका कारण टिममा समावेश भएनन् ।

बराबरीपछि पनि युरोपेली छनौटको समूह डी मा आयरल्याण्ड शीर्ष स्थानमा यथावत छ । वेल्स दोस्रो स्थानमा चार अंकले पछाडि छ ।

आगामी जुन ११ मा वेल्सले सर्वियासँग प्रतिस्पर्धा गर्दा टेलरसँगै रियल मडि्रडका सुपरस्टार ग्यारेथ बेल पनि हुने छैनन् । लगातार दुई खेलमा पहेँलो कार्ड पाएपछि उनी एक खेलको प्रतिबन्धमा परेका छन् ।

आयरल्याण्डले जुन ११ मै अष्ट्रियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत