डेभिड सिल्भा बने स्पेनको चौथो सर्बाधिक गोलकर्ता

David-Silva-768x482१२ चैत, काठमाडौं । स्पेनका लागि मिडफिल्डर डेभिड सिल्भाको अविश्वसनीय गोल रेकर्ड जारी छ । विश्वकप छनौट अन्तर्गत इजरायलबिरुद्धको ४-१ को जितमा गोलको सुरुवात गरेका सिल्भा स्पेनका लागि सबैभन्दा धेरै गोल गर्ने चौथो खेलाडीसमेत बनेका छन् ।

पहिलो हाफमा गरेको गोलसँगै म्यान्चेस्टर सिटीका यी मिडफिल्डरले स्पेनका लागि ११० खेलमा गोलसंख्या २९ पुर्‍याएका छन्।  दोस्रो हाफमा अर्को गोल गर्ने अवसर थियो तर बल क्रसबारमा लागेर बाहिरिएको थियो ।

अहिलेसम्म स्पेनका लागि धेरै गोल गर्ने चौथो खेलाडी बनेका सिल्भाभन्दा अगाडि डेभिड भिया ५९ गोल(९७ खेल, राउल ४४ गोल १०२ खेल र फर्नाण्डो टोरेस ३८ गोल ११० खेल) छन् ।

सिल्भाले रियल मड्रिडका फर्नाण्डो हेरिरोको २९ गोलको रेकर्डसँग बराबरी गरेका छन् । र उनी स्पेनका लागि सबैभन्दा धेरै गोल गर्ने फरवार्डभन्दा अन्य पोजिसनका खेलाडी बनेका छन् ।

विश्वकप युरोपेली छनौटमा ५ खेलमा १३ अंक पुर्‍याउने क्रममा सिल्भाका अलावा डिएगो कोष्टा, भिटोलो र इस्कोले गोल गरेका थिए । स्पेन समूहको शीर्ष स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति