यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

pokhara-gupteshwar-cave--750x563पोखरा । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।
करिब १ लाख लाख ५७ हजार रुपैयाँको लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी गर्न सफल भएको हो ।

गाईगोठमा अवस्थित यन्त्रजडित गाई नजिकै रहेको सानो प्वालमा गोलो वस्तु घुसाएपछि थुनबाट आएको दूध सिधै शिवलिङ्गमा चढ्ने व्यवस्था मिलाइएका कारण दर्शकको आकर्षण बढ्दै गएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।

उनले गुफा प्रवेशबाहेक सामान्य रुपमा प्रतिटिकट १० व्यवस्था गरिएको सो गाई निर्माणको तेस्रो वर्षसम्म खासै आम्दानी नभए पनि पछिल्ला वर्षमा वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भइसकेको छ । यस वर्ष १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने समितिको लक्ष्य छ ।

यन्त्रिक गाईले यस आवको छ महिनाको अवधिमा ६ लाख ८३ हजार ७३० आम्दानी गरेको बताउँदै उनले यान्त्रिक गाई गुफाको थप आम्दानीको गर्ने लैनो गाई बनेको बताए ।

गुफा अवलोकनका लागि मात्र व्यवस्था गरिएका छ प्रकारका टिकट काटेर गत आवमा मात्र दुई लाख ९६ हजार चार सय ४० जनाले अध्ययन अवलोकन गर्दा करिब १ करोड ४६ लाख आम्दानी भएको समितिका कोषाध्यक्ष ऋषिराम बरालले जानकारी दिए ।

उनका अनुसार टिकट बिक्री एवम् यान्त्रिक गाईका अलावा सोही वर्षको अवधिमा दानपात्रबाट करिब ६ लाख ६० हजार, सहयोग रसिदबाट १६ हजार नौ सय, विविध आम्दानी ८ हजार र बैंक ब्याजबाट चार लाख १२ हजार आम्दानीसहित कुल एक करोड ६२ लाख आम्दानी भएको थियो ।

गुफा प्रवेश गरी गुप्तेश्वर महादेव मन्दिरसम्म पुग्न विद्यार्थीलाई १०, अन्य नेपालीलाई २०, विदेशीलाई ५० तथा मन्दिरबाट अझै भित्र रहेको पातले छाँगो ९डेभिज फल्स० को मनोरम दृष्यावलोकनका लागि विद्यार्थीलाई ३५, नेपालीलाई ५० र विदेशीका हकमा १ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको गुफा कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए ।

गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । विशेष गरेर साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौथी, हरिबोधिनी एकादशी, जनैपूर्णिमा, ऋषि पञ्चमी, बालाचतुर्दशीलगायत विभिन्न पर्वमा दर्शकको घुइँचो लाग्ने हुँदा यान्त्रिक गाईबाट समेत आम्दानी बढी हुने गरेको समितिका सचिव देवीबहादुर थापाले जानकारी दिए ।

‘कामधेनु’ गाई एवम् गुफाको आम्दानीबाट समितिको पहलमा यस क्षेत्रको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले सोही स्थानमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएको छ । गत आवमा गुफाले क्याम्पस सञ्चालनार्थ ३५ लाख रुपैयाँ लगानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता