March 25, 2017

ट्रम्पले जुटाउन सकेनन् २१५ मत

  ओबामा केयरलार्इ सदाको लागि विदाइ गरेर जीओपीकेयर लागू गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको सपना शुक्रबार पनि पूरा नहुने संकेत देखिएको छ। कंग्रेसका सभामुख पल रायनले केही समयअघि राष्ट्रपति ट्रम्पलार्इ ह्वाइट हाउसमा भेटेर शुक्रबार मतदानमा लैजाँदा बहुमत जुटाउन नसकिने बताएपछि पछिल्लो स्थिति सिर्जना भएको हो।सेतोपाटीमा खबर छ।
यसले शुक्रबार ४ बजे मतदानमा लैजाने कार्यसूचीलार्इ अनिश्चित बनाइदिएको छ। राष्ट्रपति ट्रम्प सात वर्षअघि आफ्ना पूर्ववर्ती बराक ओबामाले ओबामा केयर लागू गर्न हस्ताक्षर गरेकै दिन विहिबार यसलार्इ सिद्याउन चाहन्थे। तर, हाउसमा बहुमत पुर्याउन सक्ने सुनिश्चित नभएपछि उनले यसलार्इ मतदानमा लैजान सकेनन्।
 दिनभरी विभिन्न ककस समुहहरूसँग सौदाबाजी गरेका राष्ट्रपति ट्रम्पले आशातित सफलता प्राप्त गर्न सकेनन् र साँझ धम्कीको भाषामा भने, समझदारी गर्ने समय सकियो, अब मतदान गर्ने बेला भयो। अझ उनले धम्कीको भाषा भने, कि शुक्रबार मतदान गर कि ओबामा केयर नै कायम गर।
यसअघि पनि उनले ओबामा केयरलार्इ नउल्टाउहरूने सन् २०१८ को चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले जति सुकै धम्कीको भाषा बोले पनि फ्रिडम ककसका सदस्यहरू उनको पक्षमा देखिएनन्। ट्रम्पसँगको सौदाबाजी असफल भएपछि उनीहरूले साँझ पत्रकारहरूसँग भने, अमेरिकन अफोर्डेबल केयर एक्टलार्इ ओबामा केयर भन्नु नै गल्ति हो।
अहिले ल्याउने भनिएको भन्दा अहिले भएकै ठीक छ। यदि हाम्रा जनताले अहिले पाइरहेको पनि गुमाउँछन् भने हामी त्यस्तो अहितकर बिलको समर्थन गर्न सक्दैनौं। राष्ट्रपति ट्रम्प र संसदका सभामुख पल रायल ओबामा केयरलार्इ हटाएर नयाँ बिल ल्याउनेमा न्वारानदेखिको बल लगाइरहेका छन्। उनीहरूले आफ्नो मात्र हैन, रिपब्लिकन पार्टीकै प्रतिष्ठा दाउमा लगाएर साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर २१६ को जादुमय आँकडा पुर्याउने प्रयास जारी राखेका छन्।
अहिले कंग्रेसमा रिपब्लिकन पार्टीको २३७ मतसहित सुविधाजनक बहुमत छ। २१ मत जोगाउन सक्यो भने मात्र पनि नयाँ विल पास हुन सक्छ। तर, ट्रम्प रायनको जोडी त्यो संख्या जोगाउन सकिन्छ भन्नेमा त्यति विश्वस्त देखिएको छैन।
हाउसमा डेमोक्रेटिक पार्टीको १९३ मत छ, त्यो मत भने विभाजित नहुने सम्भावना बढी छ। रिपब्लिकनहरूले डेमोक्रेट मत तान्न सक्ने सम्भावना देखेका छैनन्। यसैबीच कंग्रेसको रूल कमिटीले जीओपी हेल्थ केयरलार्इ छलफलमा लैजान अनुमति दिएको छ। कमिटीमा मतदान हुँदा ९/३ को बहुमतले यसलार्इ छलफल प्रकियामा लैजाने निर्णय गरेको हो। कंग्रेसको कार्यसूचीअनुसार छलफल सुरू भैसकेको छ। एक घण्टा आधारभूत छलफल र अन्य चार घण्टा विस्तृत छलफल भएपछि शुक्रबार साँझ जीओपी केयरमाथि मतदान हुने कार्यसूची तय गरिएको छ।
तर, रिपब्लिकनको प्रष्ट बहुमत भएको कंग्रेसमा सभामुख रायन र राष्ट्रपति ट्रम्प ओबामा केयरलार्इ प्रतिस्थापन गर्न ज्यान दिएर लागेकाले उनीहरूको हितमा परिस्थिति नबनेमा प्रक्रिया अवरूद्ध हुनसक्ने सम्भावना पनि त्यत्तिकै रहेको छ। राष्ट्रपतिको चुनावमा ओबामा केयरलार्इ जसरी भए पनि प्रतिस्थापन गरेरै छोड्ने वाचा गरेका राष्ट्रपति ट्रम्पका लागि आजको दिन गर या मरको दिन हुनेछ।
यदि, आज ओबामा केयरलार्इ जीओपी केयरले प्रतिस्थापन गर्न सक्यो भने त्यो उनको ठूलो जीत हुनेछ। तर, त्यसो गर्न नसकिएको खण्डमा उनको लागि यो एक गम्भीर धक्का मात्र हुने छैन कि, आगामी दिनहरूमा कसरी बढ्ने त्यसका लागि गम्भीर मिमांशा गर्नुपर्ने पनि हुन्छ। त्यसपछि के होला रु अमेरिकाका लागि आफैंमा यो एक मिलियन्स डलर प्रश्न बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने