एजेन्सी । एयर इन्डियाका कर्मचारीलाई कुटपिट र अभद्र भाषा प्रयोग गरेको अरोपमा शिवसेनाका सांसद रविन्द्र गायकवाडका विरुद्ध मुद्दा दर्ता गरिएको छ।
पुणेबाट दिल्ली जाने क्रममा शिवसेनाका सांसदले विमानका कर्मचारीमाथि अभद्र भाषा प्रयोग गर्दै कुटपीटमा उत्रिएका थिए। शिवसेनाका गायकवाड उस्मानाबादबाट लोकसभा सांसद बनेका छन्।
कर्मचारीले आफूमाथि दुव्र्यवहार गरेको र यस्तो अफूले कल्पना नगरेको उल्लेख गरेका छन्। सांसदले सञ्चारकर्मीसँगको कुराकानीमा चप्पलले कर्मचारीलाई २५ पटक हानेको र यसबारेको उजुरीका आधारमा कारबाही नहुने दावी समेत गरेका छन्।
नागरिक उड्डयन मन्त्री अशोक गजपति राजुले संसद परिसरमा पत्रकारसँगको कुराकानीमा कुनै नागरिकलाई यसप्रकारको व्यवहार गर्ने छुट नभएको बताए। आजको राजधानी दैनिकले खबर छापेको छ
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
८ चैत,काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ
४ चैत,मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष बागदल अधिकारी बैठकमै
४ चैत,काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि
१ चैत,काठमाडौं । अमेरिकी मानवरहित ड्रोन रुसी लडाकु विमानमा ठोक्किएर ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले
१ चैत,काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनिफिङले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्व दिएको बताएका छन्।