महाराष्ट्र विधानसभामा हंगामा गर्ने १९ विपक्षी सांसद निलम्बित

19मुम्बई: बजेट पेस गर्ने क्रममा महाराष्ट्र विधानसभामा गत साता हंगामा गरेका कारण महाराष्ट्र विधानसभाबाट १९ विपक्षी सांसद निलम्बित गरिएको छ । विपक्षी दल कांग्रेस र राकांपाका १९ विधायकलाई सदनबाट नौ महिनाका लागि निलम्बन गरिएको छ। संसदीय मामलामन्त्री गिरिश बापटले यससम्बन्धमा एक प्रस्ताव पेस गरे र त्यसलाई विधानसभाले स्वीकार गर्यो। यसपछि कांग्रेसका नौ र राकांपाका १० सदस्यलाई ३१ डिसेम्बरसम्म सदनबाट निलम्बन गरिएको बताईएको छ ।

निलम्बन गरिएका सांसदमा कांग्रेसका अमर काले, विजय वाडेतिवार, हर्षवद्र्धन सकपाल, अब्दुल सत्तार, डीपी सावंत, संग्राम थोप्टे, अमीत जनक, कुणाल पाटिल, जयकुमार गोरे छन्। यसरी नै राकांपाका भाष्कर जाधव, जितेन्द्र अवहाद, मधुसूदन केंद्रे, संग्राम जगतप, खवधूत तटकरे, दीपक चव्हाण, दत्ता भरने, नरहरि जीरवल, वैभव पिचाड र राहुल जगतप रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत