March 22, 2017

कहिले हुन्छ मौसम सफा ?

चैत ९, काठमाडौं – जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । गत सातादेखि सुरु भएको पश्चिमी वायु कायमै भएकाले अझै केही दिन मध्यसँगै पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए । गत साता पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावपछि मौसम चिसिँदै गएको हो ।

बुधबारदेखि पश्चिमी वायु कमजोर हुँदै जाने अनुमान गरिएको छ । तर, स्थानीय वायु मनसुन सुरु नहँुदासम्म निरन्तर रहने भएकाले हिमालीसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा गराउने सुवेदीले बताए । यस वर्ष छिटो प्रिमनसुन सुरु भएकाले गर्मी महसुस भएको छैन ।

जल तथा मौसम विज्ञान विभागले हिउँको मापन वर्षको एकपटक मात्र गर्ने गरेको छ । प्राविधिक हिसाबले कठिन हुने भएकाले वर्षको एकपटक मात्र हिसाब गरेर तथ्यांक निकाल्ने गरेको विभागका हाइड्रोलोजिस्ट सुरेश प्रधानले बताए । ‘गर्मी लागेपछि र मान्छे जान सक्ने भएपछि मेसिनबाट यति हिउँ परेछ भन्ने जानकारी पाउँछौँ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका