March 22, 2017

कहिले हुन्छ मौसम सफा ?

चैत ९, काठमाडौं – जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । गत सातादेखि सुरु भएको पश्चिमी वायु कायमै भएकाले अझै केही दिन मध्यसँगै पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए । गत साता पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावपछि मौसम चिसिँदै गएको हो ।

बुधबारदेखि पश्चिमी वायु कमजोर हुँदै जाने अनुमान गरिएको छ । तर, स्थानीय वायु मनसुन सुरु नहँुदासम्म निरन्तर रहने भएकाले हिमालीसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा गराउने सुवेदीले बताए । यस वर्ष छिटो प्रिमनसुन सुरु भएकाले गर्मी महसुस भएको छैन ।

जल तथा मौसम विज्ञान विभागले हिउँको मापन वर्षको एकपटक मात्र गर्ने गरेको छ । प्राविधिक हिसाबले कठिन हुने भएकाले वर्षको एकपटक मात्र हिसाब गरेर तथ्यांक निकाल्ने गरेको विभागका हाइड्रोलोजिस्ट सुरेश प्रधानले बताए । ‘गर्मी लागेपछि र मान्छे जान सक्ने भएपछि मेसिनबाट यति हिउँ परेछ भन्ने जानकारी पाउँछौँ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा