काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाडेका छन् । लिग अन्तर्गत आइतबार राती भएको खेलमा सिटी र लिभरपुलले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी मार्फत लिभरपुलका लागि गोल गरे । तर, खेलको ६९ औं मिनेटमा म्यानचेस्टर सिटीका सर्जियो अग्युरोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेन र खेल १÷ १ गोलको बराबरीमा सकियो । घरेलु मैदानमा लिभरपुलसँग अंक बाडेपछि म्यानचेस्टर सिटीले दोस्रो स्थानको टोटनह्यामसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । यस्तै लिभरपुलले सिटीलाई पछि पार्ने अवसर खेर फाल्यो ।
यो बराबरीपछि तेस्रो स्थानको सिटीको २८ खेलबाट ५७ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल ५६ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानको चेल्सीको ६९ अंक छ ।
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार
काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।
जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति
बैशाख २०, काठमाडौं । एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई सरकारले जनही