नरकभन्दा खराब छ साउदीमा महिलाहरुको जीवनशैली

women-situation-in-Saudi-Arabएजेन्सी । साउदी अरबमा महिलाहरुलाई अधिकार दिनका लागि एक काउंसिल बनाइएको छ । तर, यसअघि भएको बैठकमा महिलाहरुलाई सहभागी गराइएको थिएन । साउदी अरबमा पहिलेदेखि नै महिलाहरुको जिन्दगी निकै नै कठिन छ । साउदी अरबको निरर्थक नियम र प्रतिबन्धले समस्या पार्दै आएको छ । महिलाहरु हिजाब, अबाया र बुर्का लगाउनुपर्ने नियम छ । यसका बावजूद् उनीहरु एक्लै घरबाट बाहिर निस्कन, नोकरी गर्न, सम्पति किन्नबेच गर्न र पुरुषहरुसँग कुराकानी गर्न समेत प्रतिबन्ध छ ।

ओलम्पिक खेलमा पहिलोपटक सन् २०१२ मा साउदी अरबकी महिला खेलाडी नै हिस्सा लिएकी थिइन् । त्यसलाई धार्मिक भावनाको विरुद्ध भनेर देशमा निकै विरोध समेत भएको थियो । अझ महिला एथ्लिस्ट ओलम्पिकमा पुरा शरीर ढाकेर दौडिएकी थिइन् ।

तर महिलाले मन पराएर पुरुससँग गाँसिएको सम्बन्धमा भने कसैले केही पनि भन्दैन । यस्तो अवस्थामा पुरुषले होइन, महिलाले सजाय भोग्नुपर्ने हुनसक्छ ।

साउदीमा बलात्कारको आरोपीलाई तबसम्म सजाय सुनाइँदैन, जबसम्म उसको चार जना साक्षी हुँदैनन् । साउदीमा महिलाको पुरुष अभिभावक बिना बाहिर हिँडडुल गर्न सक्दैनन्, हरेक महिलाको पुरुष अभिभावक हुनु जरुरी मानिन्छ ।

साउदीमा सरकारले महिलाको शिक्षाका लागि धेरै रकम खर्चिए पनि नोकरीमा उनीहरुको संख्या निकै कम छ ।

यहाँ महिला साक्षरता दर ८१ प्रतिशत छ । सन् १९७० मा मात्र २ प्रतिशत थियो ।

साउदी अरबमा महिलाहरुलाई सवारी साधन चलाउनका लागि कुनै कानुन नभएतापनि अहिले यतिसम्म अधिकार मिलेको छ कि उनीहरुले आफ्ना बच्चाहरुलाई विद्यालय छोड्न र परिवारका कुनै सदस्य विरामी भएमा अस्पताल पुर्‍याउनका लागि कार ड्राइभ गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको