March 20, 2017

डेनमार्क दूतावासको जग्गा बिक्रीमा, किन दियो बिक्री गर्न स्वीकृति ?

चैत ७, काठमाडौं – सरकारले काठमाडौंको लाजिम्पाटमा रहेको डेनमार्क राजदूतावासको जग्गा बिक्री गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले ६ रोपनी ६ आना २ दाम २ पैसा जग्गा बिक्री गर्न डेनमार्क दूतावासलाई स्वीकृति दिएको हो । लाजिम्पाटको नीलसरस्वतीमार्गमा रहेको दूतावासको कित्ता नम्बर १ सय २६ देखि १ सय २८, कित्ता नम्बर १ हजार ३२ र कित्ता नम्बर १ हजार ३४ को जग्गा बिक्री गर्न परराष्ट्रमन्त्री प्रकाशशरण महतले फागुन ३० गते नै डेनमार्क दूतावासलाई स्वीकृति दिएका थिए । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

जग्गा प्रशासन निर्देशिका ०५८ को परिच्छेद ५ को प्रकरण १ सय ५० मा विदेशी कूटनीतिक नियोगले जग्गा प्राप्त गर्दा वा हक हस्तान्तरण गर्दा नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। राजदूतावास वा वाणिज्यदूतावासका नाममा वा नामबाट लिखित पारित गर्दा नेपाल सरकारको पूर्वस्वीकृति पेस गराएर मात्र पारित गर्नुपर्ने व्यवस्था छ । परराष्ट्र मन्त्रालयले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र काठमाडौं उपत्यका विकास प्राधिकरणसँग परामर्श गरेपछि जग्गा बिक्रीका लागि प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेस गरेको हो ।

०७१ साउन २ गतेको मन्त्रिपरिषद्ले विदेशी नियोगले नेपालमा जग्गा खरिद गर्न स्वीकृति दिनुअघि परराष्ट्र मन्त्रालयले जग्गाको अधिकतम सीमा तोक्ने र राजदूतावास तथा तिनका निवास सरकारका केन्द्रीय निकाय, धार्मिक तथा प्राकृतिक संरचनाबाट कति दूरीमा राख्न दिने वा निश्चित स्थान विशेषमा मात्र राख्ने क्षेत्र तोक्ने भन्नेबारे परराष्ट्र मन्त्रालयले स्पष्ट बनाउने निर्णय गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल सरकारका अन्य सरोकारवाला निकायसँग समन्वय गरी त्यसप्रकारको मापदण्ड बनाउन बाँकी नै छ।

सरकारको उक्त निर्णयअनुसार विदेशी कूटनीतिक नियोगलाई नयाँ जग्गा खरिदको स्वीकृति मापदण्डअनुसार मात्र दिन सकिने अवस्था रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘तर कुनै कूटनीतिक नियोगको स्वामित्वमा आइसकेको जग्गा नेपाल सरकारको स्वीकृतिले अर्को कूटनीतिक नियोगका नाममा हक हस्तान्तरण गरिदिन वा कुनै नेपाली नागरिक वा नेपाल सरकारको प्रचलित ऐनद्वारा संगठित नेपाली संस्था वा निकायलाई खरिद गर्न स्वीकृति दिन बाधा पर्ने देखिँदैन’, परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको प्रस्तावमा भनिएको छ।

डेनमार्क राजदूतावासले ०५९ सालमा सुदीपबहादुर शाहबाट खरिद गरेको उक्त जग्गा बिक्रीका लागि गत असोज १२ (२८ सेप्टेम्बर २०१६) मै अनुमति माग्दै परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट पठाएको थियो। डेनमार्क सरकारले काठमाडौंस्थित दूतावास बन्द गर्ने सूचना गत वैशाख १४ (२६ अप्रिल २०१६) को कूटनीतिक नोटमार्फत गराएको थियो।

नेपाली नियोगलाई जग्गा किन्न स्वीकृति
सरकारले नेपाली नियोगलाई विदेशमा जग्गा, भवन तथा सेवा खरिद गर्न स्वीकृति दिने व्यवस्था गरेको छ। विदेशस्थित नेपाली नियोगका लागि आफ्नै भवन, जग्गा एवं अपार्टमेन्ट खरिद गरी नियोगलाई सक्षम र सबल बनाउने सरकारको नीति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को बिहीबारको बैठकले ‘विदेशस्थित नेपाली नियोगको सार्वजनिक खरिद कार्यविधि ०७३’ स्वीकृत गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)