मेसीको २ गोलपछि बार्सिलोना ४–२ ले विजयी

i-750x422पहिलो हाफमा २–२ को बराबरीमा रोकिएको बार्सिलोनाका लागि दोस्रो हाफमा मेसी र आन्द्रेयी गोमेजले निर्णायक गोल गरे।

बार्सिलोना पहिलो हाफको २९ मिनेटमै स्तब्ध बन्न पुगेको थियो, जब म्यानचेस्टर सिटीबाट क्रृण सम्झौतामा आएका इलियाकुइम मानगालाले इभान राकिटिक र सर्जियो बस्क्युटको बीचबाट हेडिङ गर्दै भ्रमणकारी टोलीलाई पहिलो गोलको सफलता दिलाए।

तर, बार्सिलोना पहिलो गोल खाएको ६ मिनेटपछि नै खेलमा फर्कियो। ३५ मिनेटमा लुइस सुआरेजले ब्राजिलियन स्ट्राइकर नेइमारको पासमा गोल गरेपछि घरेलु टोली तुरुन्त खेलमा फर्किएको थियो।

भेलेन्सिया पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी हुँदा स्तब्ध बन्यो। जब उसले पहिलो गोल गर्ने मानगालालाई गुमायो। मानगाला ४४ मिनेटमा सुआरेजलाई डिबक्स भित्र लडाएको आरोपमा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। उनको सामान्य गल्तीका कारण बार्सिलोनाले पेनाल्टीको अवसर पायो। जसलाई मेसीले गोलमा परिणत गरे। मानगाला ३९ मिनेटमा पनि मेसीसँग विवादमा अल्झिएका थिए। उनलाई जसका कारण पहिले नै पहेँलो कार्ड देखाइएको थियो।

पहिलो हाफमा भेलेन्सियाले मानगालालाई गुमाए पनि उसले उत्कृष्ट प्रतिद्वन्दीविरुद्ध निर्धारित ४५ पछि थप गरिएको अर्को मिनेटमा गोल फर्काउन सफल भयो। भेलेन्सियाका लागि बराबरी गोल मुनिर अल हाद्धादीले गरे। उनले बार्सिलोनाको फितलो रक्षापंक्तिको फाइदा उठाउदै मेसीले पेनाल्टीबाट गोल गरेको अर्को मिनेटमै गोल गरे।

दोस्रो हाफपछि बार्सिलोनाले आफ्नो खेलमा निकै सुधार ल्यायो। उसले रक्षापंक्ति मात्र होइन, आक्रामणलाई पनि तिब्र बनायो। नेइमार दोस्रो हाफपछि सबैभन्दा बढि प्रभावशाली रहे।

दोस्रो हाफको ८ मिनेटपछि नै मेसीले बार्सिलोनालाई पुनः अग्रता दिलाए। उनले आफ्नै देशका डिफेन्डर जाभियर मास्चेरानोको पासलाई गोलमा परिणत गरे। मेसीको गोलका कारण ५३ मिनेटमा बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो।

चौथो गोल गोमेजले नेइमारको उत्कृष्ट पासमा गरेका थिए। नेइमारले मैदानको मध्य भागबाट दौड्याउदै डिबक्स भित्रबाट क्रस गरेको बललाई अतिरिक्त खेलाडीको रुपमा खेलेका गोमेजले ८९ मिनेटमा गोलमा परिणत गरेका थिए। उनी ७४ मिनेटमा राफिन्हाको स्थानमा मैदानमा प्रवेश गरेका थिए।

भेलेन्सिया मानगालाको अनुपस्थितिमा ४६ मिनेट १० खेलाडीमा सिमिति भएर खेलेको थियो। भेलेन्सियाविरुद्धको जितपछि बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिडसँग २ अंकको दूरी बनाउन सफल भएको छ।

हाल रियल २७ खेलमा ६५ अंकका साथ शीर्षस्थानमा छ। बार्सिलोनाको २८ खेलमा ६३ अंक छ। आउँदो अप्रिल २३ मा हुने यी दुई देशबीचको ‘अल क्लासिको’ भिडन्तपछि लगभग निश्चित हुनेछ, यसपालिको ला लिगाको उपाधि कसले जित्छ भनेर।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारकाे घोषणा

३ चैत,काठमाडौँ । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३

नेपाल विश्वकप क्वालिफायरका लागि छनोट

  २ चैत,काठमाडौं।नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा

नेपालले आजको खेलमा यूएईलाई पराजित गरे सिधै विश्वकप छनोटमा

२ चैत, काठमाडौं  । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।

पीएनजीमाथि नेपालको सानदार जित

२५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन