प्रत्यके बिरुवाले हाम्रो जीवनमा आफ्नै महत्व राख्छ, जस्तै घर भित्र राखिने मनी प्लान्ट । मनी प्लान्टले घरको शोभा बढाउँछ नै, साथै यो धन आगमनको सूचक पनि हो । यस्ता मनी प्लान्टलाई यदि गलत दिशामा राखिएमा धन आउनको सट्टा खर्च बढ्छ । त्यसोभए जान्नुहोस्, घरमा मिनी प्लान्टलाई राख्ने सही दिशा कुन–कुन हो ? दक्षिण–पूर्वी दिशामा – वास्तुशास्त्र अनुसार मनी प्लान्टको पुरा लाभ उठाउनका लागि दक्षिण पूर्वी दिशा उत्तम हुन्छ । यस दिशाका देवता गणेश हुन्, जसको प्रतिनिधिनी शुक्र हो । गणेशले अमंगलको नाश गर्छ, भने शुक्रले सुख–समृद्धि ल्याउने काम गर्छ । त्यसैले मनी प्लान्टलाई घरको दक्षिण पूर्वी दिशामा राख्नु उचित हुन्छ । यस दिशामा राख्नाले परिवारका सदस्यहरुमा सकारात्मक ऊर्जा आउँछ । राख्न नहुने दिशा उत्तर पूर्वी – मनी प्लान्टका लागि उत्तर–पूर्वी दिशा सबैभन्दा नराम्रो मानिएको छ । किनकि, उत्तर–पूर्वी दिशाको प्रतिनिधि देवगुरु बृहहस्पति मानिएको छ र त्यसमा शुक्रमा शत्रुवत सम्बन्ध हुन्छ । त्यसैले शुक्रसँग सम्बन्धित विरुवाहरुलाई उत्तर–पूर्वी दिशामा राख्न नोक्सान हुने बताइन्छ । यद्यपी, यस दिशामा तुलसीको विरुवा भने राख्न सकिन्छ । पूर्व वा पश्चिम दिशामा पनि मनी प्लान्ट राख्न राम्रो मानिँदैन, किनकि यसले पति–पत्निबीच मधुरता नरहने तथा तनावले भरिएको हुन्छ । केही यस्ता मान्यता छन् – मनी प्लान्टलाई बुधवारको दिन रेवती नक्ष्त्रमा राख्नुपर्छ । – मनी प्लान्टको हाँगा वा पातलाई जमिन तिर झर्न नदिनुहोस्, डोरीले बाध्नुहोस् । – मनी प्लान्टलाई घरबाट बाहिर नराख्नुहोस् । यसलाई घरभित्रै राख्नु शुभ मानिन्छ । – मनी प्लान्टलाई दिन–दिनै पानी दिनुपर्छ । – मनी प्लान्टको पात सेतो हुनु अशुभ मानिन्छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा