अब आइपिएल १० मा ब्याट्सम्यानको हेल्मेटमा क्यामरा

timthumb-4-3इन्डियन प्रिमियर लिग९आइपिएल० को दशौं संस्करणदेखि खेलाडीको हेलमेटमा क्यामरा जडान हुने भएको छ। भारतीय क्रिकेट बोर्ड ९बिसिसीआई० ले यसपालि सुरु हुने दशौं आइपिएलमा ब्याट्सम्यानको हेल्मेटमा क्यामराको प्रयोग गर्ने विषयमा सम्बन्धित सबै पक्षसँग कुरा अगाडि बढाएको छ।

दर्शकहरुले खेलमा थप रोमाञ्चकता महसुस गरुन र क्रिकेट बुझ्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ हेल्मटमा क्यामरा प्रयोग गर्न सक्रियता अगाडि बढाएको हो। क्यामराको प्रयोगले बलरको एक्सनरबल रिलिज बुझ्न पनि सहयोग पुग्ने आशा गरिएको छ।

यसअघि अस्ट्रेलियाको बिग बास लिगमा ब्याट्सम्यानको हेल्मेटमा क्यामराको प्रयोग भइसकेको छ। २०१२ को सिजन अस्ट्रेलियाले यसको प्रयोग गरेको थियो, जुन दर्शकका लागि रोचक बन्न पुगेको थियो। सबैभन्दा पहिले शेन वाट्सनले क्यामरावाला हेल्मेटको प्रयोग गरेका थिए।

अस्ट्रेलियामा हाल ब्याट्सम्यानको हेल्मेट र अम्पायरको टोपीमा गरेर दुईवटा क्यामरा प्रयोग हुने गरेको छ। अम्पायरको टोपीमा २०१४ देखि लागु गरिएको थियो।

दशौं संस्करणको आइपिएल ५ अप्रिलदेखि सुरु हुँदैछ। पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबादबीच हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारकाे घोषणा

३ चैत,काठमाडौँ । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३

नेपाल विश्वकप क्वालिफायरका लागि छनोट

  २ चैत,काठमाडौं।नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा

नेपालले आजको खेलमा यूएईलाई पराजित गरे सिधै विश्वकप छनोटमा

२ चैत, काठमाडौं  । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।

पीएनजीमाथि नेपालको सानदार जित

२५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम सुनुवाइ

१४ फागुन , काठमाडौँ । आज नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतको

प्रथम केपी ओली राष्ट्रिय च्याम्पियन कप आजबाट,उद्घाटन खेल दिउँसो ३ बजेबाट सुरु

११ फागुन, काठमाडौं । प्रथम केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि सुरु हुँदै छ