ट्रम्पको यात्रा प्रतिबन्धमाथि अदालतको रोक

95169908_trump_travel_ban_afpअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही मुसलमान बहुल देशका नागरिकको अमेरिका प्रवेशमाथि प्रतिबन्ध लगाउने आदेशलाई संघीय न्यायाधीशले रोकिदिएका छन्।

६ देशका यात्रुमाथि प्रतिबन्ध लगाउने आदेश कार्यान्वयनमा आउनुभन्दा केही घण्टा अगाडि हवाई राज्यका न्यायाधीशले रोक्ने फैसला दिएका हुन्।
धक्का
राष्ट्रपतिको पदभार ग्रहण गरे लगत्तै ट्रम्पले सातवटा मुसलमान बहुल देशका नागरिकको अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए।

उक्त आदेशलाई न्यायालयहरुले अस्वीकार गरिदिएपछि उनले ६ देशलाई समेटेर अर्को आदेश जारी गरेका थिए।

राष्ट्रपतिको आदेश लागू हुन पाएको भए त्यसले खासगरी ६ वटा मुसलमान बहुल देशका नागरिक तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लाग्ने थियो।

तर हवाई राज्यका सरकारी वकिलहरुले उक्त आदेशले अमेरिकी मुसलमान तथा मुसलमान आप्रवासीमाथि भेदभाव गराउने भन्दै त्यस विरुद्ध मुद्दा हालेका थिए।

त्यसै सन्दर्भमा न्यायाधीशले सो नयाँ आदेश पनि रोक्ने फैसला गरेका हुन्।

हस्तक्षेप
ती न्यायाधीशले उक्त आदेश राष्ट्रिय सुरक्षाको सवालसंग जोडिएको भन्ने जिकिरलाई समर्थन गर्ने ठोस प्रमाण नभएको जनाए।

उनको पछिल्लो आदेशमा समेटिएका ६ देशमा इरान, लिबिया, सिरिया, सोमालिया, सुडान तथा यमन पर्दछन्
हवाई लगायत केही अन्य राज्यले अमेरिकी संघीय सरकारको उक्त प्रतिबन्ध विरुद्ध कानुनी उपचार खोजिरहेका छन्।

राष्ट्रपति ट्रम्प उक्त फैसला न्यायापालिकाको अभूतपूर्व हस्तक्षेप भन्दै त्यसलाई सर्वोच्च अदालतमा चुनौति दिने बताएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो आदेशले आतंकवादीलाई अमेरिका छिर्नबाट रोक्ने बताएका छन् भने आलोचकहरुले त्यो भेदभावपूर्ण भएको बताएका छन्।

उनको पछिल्लो आदेशमा समेटिएका ६ देशमा इरान, लिबिया, सिरिया, सोमालिया, सुडान तथा यमन पर्दछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन