स्मार्ट ट्राभल कार्ड’बाट सझा बसले भाडा उठाउन थाल्यो

sajha-smart-card२ चैत, काठमाडौं । साझा यातायातले आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गरेको छ । लामो समयको परीक्षणपछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गरेको हो ।

यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडान भएर कार्डबाटै भुक्तानीको सेवा सुरू भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

‘अब सर्वसाधारणले यो रुटमा चढ्दा स्मार्ट कार्डबाटै भाडा तिर्न सक्नेछन्’ पाण्डेले भने । बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । अब सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । यसको प्रयोग स्वेच्छिक हुनेछ ।

सुरुवातमा एउटा रुटबाट सुरु गरिएपनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिनेछ । बस चढ्दा यो कार्ड पछिल्लो ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ ।

यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ । यदि झर्दा कार्ड डिभाइसमा नदेखाए स्वतः २५ रूपैयाँ काटिनेछ । देखाएमा भने दूरीअनुसारकै भाडा काट्नेछ ।

के हो ट्राभल कार्ड 

स्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । यो कार्ड एक महिनापछि साझा यातायातले आफ्नै कार्यलयबाट बिक्री सुरु गरेको छ । साझाको लगनखेल स्टपबाट पनि कार्ड बिक्री भइरहेको छ ।

सुरूवातमा १ सय वटा कार्ड किन्नेलाई २ सय रूपैयाँमा २ सय ब्यालेन्स भएको कार्ड दिइँदैछ । यसपछि भने सुरूवातमा कार्डको मूल्यबापत १ सय ५० रूपैयाँ तिर्नुपर्नेछ ।

यो कार्ड लिएर हिँडेका यात्रु चढेको र झरेको दुरीका आधारमा ढोकामा जोडिएको डिभाइसले स्मार्ट कार्डबाट रकम काट्नेछ ।

यसको रिचार्जका लागि साझाको कार्यालयमै सम्पर्क गर्न सकिने छ । बसका सहचालकलाई रकम बुझाएर पनि कार्ड रिचार्ज गर्न सकिन्छ । पछि रिचार्जका लागि अझै सरल ब्यवस्था गरिनेछ ।

काटिएको रकम नेपाल बैंकको साझा यातायातको बैंक खातामा जम्मा हुनेछ । केही समयपछि उपभोक्ताले साझाका रिचार्ज कार्ड मोबाइलको जस्तैगरी बजारमा किन्न पाउनेछन् । यसले यात्रुलाई दुरीका आधारमा भाडा तिर्न सहज हुने पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।