रबिन्द्र मिश्रलाई खुलापत्र ! पढेको मूर्ख बनेर जनतालाई दुख दिने काम नगरौ |

कोही कसैले तपाईँलाई तपाईँ सफल राजनीति गर्नुस म आफ्नो पार्टी छोडेर तपाईँको पछि लाग्छु भनेको छ ? किन हौसिनु भयो ?

रबिन्द्र मिश्र ज्यु, नमस्कारRabindra-MIsra

नेपाली बि बि सी कार्यक्रमका प्रमुख रबिन्द्र मिश्र ज्यु, तपाई मिठो बोल्नु हुन्छ , ईमान्दार देखिनु हुन्छ । मलाई तपाईँको व्यक्तिगत जिवन बारेमा राम्रो थाहा छैन । पत्रिका जगतमा ख्याती प्राप्त गर्नु भएको छ । त्यही ख्यातीको कारण तपाईँ प्रति महिनाको ७ लाखको तलब छोडेर नेपाली राजनीतिमा होमिन आउनु भयो । तपाईँले छोडेको जागिरको एक छेउ, एक लाखको तलब अरू नेपालीले पाउने भए ! म कति खुसी हुने थिए ।

कोही कसैले तपाईँलाई तपाईँ सफल राजनीति गर्नुस म आफ्नो पार्टी छोडेर तपाईँको पछि लाग्छु भनेको छ ? किन हौसिनु भयो ? तपाईँ हामीलाई पनि सुनाउनु होस् न त ! कि तपाईँ पनि एउटा नयाँ असन्तुष्टी समूहको साँठ गाँठमा विदेशीको छायाँमा एउटा राजनैतिक भागको खोजीमा त हैन !

तपाईँले नेपाली राजनीतिको गतिविधि छेउ देखी कुना पत्र पत्र बुझ्नु भएको छ । सयौ सँग अन्तरबार्ता लिनु भएको होला , धेरै नेताहरूको टिका टिप्पणी गर्नु भएको होला । तर चुनावको बेला आफ्नो ठुलै हैसियतको जागिर छोडेर राजनीति गर्न आएको भनेर फेसबुकमा तपाईँको ठुलो हल्ला चलेको छ । त्यसैलाई पढेर यो कलम चलाएको हु । मलाई लागेको कुरा तपाईँको राजनीतिक अस्त्र पत्रकारिताले देशको ठुलो नेता प्रधान मन्त्रीको सँग तपाईँको बिचार सिदान्त र अभिव्यक्ति सँग कोही झुकेको प्रमाण छ ? तपाईँ व्यक्तित्व प्रभाव र जुझारु पनलाई कसैले हृदय देखी तारिफ गरेको छ ? कोही कसैले तपाईँलाई तपाईँ सफल राजनीति गर्नुस म आफ्नो पार्टी छोडेर तपाईँको पछि लाग्छु भनेको छ ? किन हौसिनु भयो ? तपाईँ हामीलाई पनि सुनाउनु होस् न त ! कि तपाईँ पनि एउटा नयाँ असन्तुष्टी समूहको साँठ गाँठमा विदेशीको छायाँमा एउटा राजनैतिक भागको खोजीमा त हैन ! यदि साँच्चै तपाईँमा राम्रो भिजन छ भने देशको यस्तो दयनिय असहज परिस्थितिमा देशलाई अगाडी बढाउने निकास छ भने हातमा हात काँधमा काँध मिलाएर सबै राष्ट्र प्रेमी नेपालीहरूलाई एक बद्ध बनाउने अभियान चलाउनु होस् । दुर्गन्धित राजनितकि फोहरी खेलमा हाम फाली नहाल्नुहोस् । तपाईलाई सबैले सुझाव दिएका छन् । कुहिएको आलुको बोरा भित्र सद्घे आलु कुहिन धेरै बेर लाग्दैन । अहिले चुनावी हल्लामा तपाईँ नयाँ नायक बन्नु खोज्नु भएको छ ।

तपाईँले हिन्दी चलचित्र नायक अवश्य हेर्नु भएको होला । अनिल कपुरलाई जस्तै तपाईँलाई प्रधान मन्त्रीले चुनौती दिएको हो कि ? हामीलाई किन बे मौसममा आकाश गर्जियो भन्ने लागेको छ । चुनाव हुने स्वस्छ स्थिति छैन तर पनि चुनाव हुन्छ भन्छन् प्रधान मन्त्री , किन कसको लागी चुनाव गर्ने ? जनताले भोट दिने हो ! कसलाई दिने भोट ? नेपालीहरुले राणा शासनको ज्यादत्ती सहेका ईतिहास छ । पन्चायती ब्यवसथा, राजतन्त्र, फालेर प्रजातन्त्र भन्दै लोकतन्त्र, गणतन्त्र सम्म देखी सक्यौ अब के देख्न बाँकी छ ? १७ हजारको बलिदानको जनयुद्ध बाट प्रधान मन्त्री भएको पुष्पकमल दाहाल र बाबुराम प्रधान मन्त्री भएर शोषित पीडित जनताहरुका लागी के ग‍र्याे ? झुपडी र रोल्पा रुकुमका जनताले के पाए ? शहिद परिवार र क्रान्तिकारी योद्धाहरुले के पाए ? देशका नागरिकले के पाए ? देशले के पायो ? प्रश्न गर्ने धेरै ठाँउहरु छन् । जनताहरुले कुन आशाले चित्त बुझाउने ? नेता उसका परिवार सभासद् ,नेता कार्यकर्ताहरूको प्रगतिमा आम नेपालीले खुसी मनाउन पर्ने हो की ? भूकम्पको पिडा ! बस्ने घर र खान लाउन बन्दोबस्त छैन । चुनाव आयो भनेर जनताहरू कसरी रमाउने ? यावत कुराहरू थाती राखौ । अब तपाईँ कै कुरा तिर लागौ ।

पत्रकार भएर अन्तरबार्तामा प्रश्न सोध्न सक्छौ, तर देश चलाउन सक्छौ ? हावामा दिवा स्वप्न प्रधान मन्त्री भनेर सोच्न सक्छौ ? प्रधान मन्त्री भयौ भने के गर्न सक्छौ ? भनेर सोध्यो भने भावनामा प्रधान मन्त्रीको कार्य तालिका दिन सक्छौ ? कल्पनाको पहाड फोर्न सक्छौ ? तर यथार्थ यस्तो होइन । नेपाली इतिहास पदको लागी आफ्नै पार्टी भित्र बिभाजन, आफ्नै नेतालाई सत्ताच्युत, वर्ग शत्रु पार्टी सँग सत्ता गठबन्धन हामीले देखेका छौ । अब तपाईँको लागी नेपाली राजनीति त्यति सहज र विश्वास र भरोसा भएको क्षेत्र होइन । नेपाली राजनितीमा न त काम गर्नेलाई गर्न दिन्छ न त गलत व्यक्तिलाई नराम्रो भन्छ । जसको शक्ति उसको भक्ति । जसको हातमा लठ्ठी उसको हुन्छ भैसी ! यो देशमा प्रधान मन्त्री, मन्त्री मण्डल र संविधान सभा कठपुतली नाच भएको बेलामा तपाईँको राजनीतिक आगमन के हो ? तपाईँको बौदिक तार्किक निष्कर्ष र क्षमता के हो ? तपाईँको भिजन के छ ? अन्याय अत्याचार माथि निडर भएर औला उठाउने साहस तपाईँमा छ ? सत्यलाई सत्य झुठो लाई झुठो र राष्ट्रको लागी आवश्यक परे आफैलाई बलि दिने र जन समर्थन जुताउने तागत छ ? साथै जनताको साथ पाउने तपाईँ सँग सामर्थ के छ ? नबुझेर होमिएको हो वा बुझेर आएको हो ? अब हुने भनेको चुनावमा तपाईँको पार्टीले चुनाव भाग लिन सक्दैन ।

जनताहरूमा चुनाव हुन्छ भन्ने पक्का ग्यारेन्टी छैन । गा.बि.स. हरू नगर पालिका कुन कुन हुने हो ? कुन नगर पालिकामा कुन कुन गा.बि.स. जोडिने हुन् यकिन छैन । चुनाव कसरी कहाँ हुने हो ? जनताहरू रण भुल्लमा छन् । तपाईँ जागिर छोडेर आउनु भयो । अब तपाईँ भन्नुस् । नेपाली जनताहरुको इच्छा आकाक्षा विश्वास जित्ने नेपालीहरूको मनोकामना पुरा गर्ने तागत तपाईँमा के छ ? बाबुराम भटराईले जस्तै बिद्धान कहलेर जनयुद्धमा जनताहरू धकलेर अहिले न वारी भित्तो न पारी भित्तो ! न जनताको कुरा सुन्न सक्नु, न आफूले जनताहरुलाई बुझाउन सक्नु, पढेको मूर्ख बनेर जनतालाई दुख दिने काम नगरौ ! आदर्शका कुरा मिठा हुन्छन् । राजनीतिक फोहरी खेलमा जनताहरुलाई सतर्कता बुद्धिजिवीहरुले घच घच्याउनु पर्छ । स्थानीय निकाय चुनाव आवश्यक छ । तर तारतम्य बिना चुनाव गर्न सक्छौ भन्ने तर चुनावको पूर्वाधार बिना नै अघि बढने नीतिले पक्कै फाइदा पुर्याउदैन । संयम हुन सिकाउनु पर्दछ । बुझाउनु पर्छ । आफै पोखरीमा डुबेर अरूलाई बचाउन सिकाउनु हुँदैन ! सत्ता घुमाई फिराई आफ्नो हातमा पार्ने धुर्त नेताहरुको अगाडी त्यती सजिलै राजनितिक स्थान पाउन सकिने छैन, तर नेपाली राजनितीमा देश बचाउने पार्टीको खाँचो छ । शुभकामना ! ! !

हाम्रो दमकबाट सभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा