नेपाल भित्रियो बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’

1484533512bird-flu-750x422काठमाडौं– नेपालमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ। एक साताअघि सुनसरी इटहरीको तालतैलायका पंक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ प्रजातिको रहेको पुष्टि भएको हो। नेपाल भित्रिएको नयाँ बर्ड फ्लु भाइरस एच५ एन८ हो।

यसअघि नेपालमा बर्ड फ्लुको एच५ एन१ भाइरस देखिँदै आएको थियो। दुई साताअघि पोखरामा देखिएको बर्ड फ्लु भाइरस भने पुरानै प्रजातिको भाइरस हो। तर, सुनसरीको इटहरी क्षेत्रमा भने नयाँ भाइरस देखा परेको हो।

बर्ड फ्लुको शंकामा गरिएको प्रयोगशाला परीक्षणमा युरोपतिर देखिएको बर्ड फ्लुको नयाँ भाइरस एच५ एन८ रहेको पुष्टि भएको हो। नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन ९ओआई० ले र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले सतर्क रहन चेतावनी दिएका छन्।

नयाँ प्रजातिको भाइरसका कारण इटहरी र आसपासका क्षेत्रका चार हजारभन्दा बढी कुखुरा, हाँस लगायतका पंक्षीको मृत्यु भइसक्दा पनि कृषि मन्त्रालयले यो विषयलाई गोप्य राखेको छ। मन्त्रालय स्रोतका अनुसार उक्त क्षेत्रका अझै ६ हजारभन्दा बढी पंक्षीमा नयाँ भाइरले संक्रमण गरेको छ।

‘यो विषयलाई बाहिर ल्याएर सबैलाई सतर्क गराउनुपर्नेमा झन् गोप्य राखिएको छ,’ मन्त्रालय स्रोत भन्छ, ‘यो भाइरस पनि मानिसमा सर्ने खतरा रहेका कारण बेलैमा आवश्यक कदम चाल्नुपर्ने हुन्छ।’ उक्त क्षेत्रमा बसाइ सरेर आउने चराहरुका कारण नयाँ प्रजातिको बर्ड फ्लु भित्रिएको बताइएको छ।

नयाँ प्रजातिको बर्ड फ्लु देखिएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै निर्मलीकरण र आवश्यक निगरानी बढाइएको छ। जिल्ला पशु कार्यालय सुनसरीले प्रशासनको सहयोगमा उक्त क्षेत्रका संक्रमित कुखुरा तथा पंक्षी नष्ट गर्ने र भाइरसमुक्त बनाउन निर्मलीकरणका काम अगाडि बढाएको छ।

बर्ड फ्लु रोग नियन्त्रण्ँ आदेश, २०६४ अनुसार जीवाणू देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त घोषणा गरिन्छ। संकटग्रस्त क्षेत्रको तीन किलोमिटर परिधिमा रहेका कुखुरा, हाँसलगायत पंक्षी र तीनका अण्डा एवं दाना नष्ट गर्नुपर्ने हुन्छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले बर्ड फ्लुको नयाँ भाइरस देखिएको जानकारी आएकाले सतर्क रहन आग्रह गरे। उनले अहिले देखिएको नयाँ भाइरस पनि मानिसमा सर्ने खालको भएकाले सचेत रहनुपर्ने बताएका छन्।

डा। पुनका अनुसार बर्ड फ्लु भनेको एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण्ँ लाग्ने प्राण्ँघातक रोग हो। यस प्रकारका भाइरसले अति छिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणू जन्मन्छ, जुन पंक्षीबाट मानिसमा सर्छ।

यसरी सर्छ बर्ड फ्लु
बर्ड फ्लु संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ। संक्रमित पंक्षीले १० दिनसम्म रोग सार्न सक्ने हुँदा पंक्षीहरु मारेर सुरक्षित ढंगले गाडिन्छ। रोगी पंक्षीको मासु, अण्डा, सुलीलगायत बाहिर निस्कने पदार्थबाट यो रोग सर्छ। मासु चालाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्न सक्छ। बसाइ सर्ने चराको शरीरमा बर्ड फ्लुका जीवाणू सुरक्षित रहन्छन्। फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लु सर्ने गर्छ। बर्ड फ्लुका भाइरस एउटा मानिसबाट अर्को मानिसमा सरेको तथ्य भने हालसम्म भेटिएको छैन। मानिसमा यो रोग लागेमा मृत्यु हुने खतरा ६० प्रतिशत रहन्छ।

बर्ड फ्लुका लक्षण
बर्ड फ्लु संक्रमित पंक्षीहरु १० दिनपछि मर्न थाल्छन्। यस्ता पंक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।

कसरी बच्ने रु
– रोगग्रस्त प‌ंक्षीबाट जोगिनु नै उत्तम उपाय हो।
– कुखुरा लगायत पंक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने।
– घरमा पालिएका पंक्षीमा लक्षण देखिए, तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने।
– कुखुरा, हाँस लगायत पंक्षीहरुको खोरमा काम गर्दा मास्क र पञ्जा लगाउने।
– संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको