कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागी नेपाली नागरिकको ज्यान गएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन्। सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
टेलिफोनमा दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। दोवलले भारत सरकारको छानबिन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवम् मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव भएका जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका थिए। टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री दाहालले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए। प्रधानमन्त्रीले दोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताए। टेलिफोनमा प्रधानमन्त्रीले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कारबाही हुने नेपालको अपेक्षा रहेको बताए।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)