रेखादेखि श्रुती हसनसम्म ‘कुमारी आमाका चर्चित सन्तान’

काठमाडौं। पछिल्लो समय रेखाको चर्चा निकै चलेको छ। राइटर यासेर उस्मानको किताब रेखा द अनटोल्ड स्टोरीका कारण उनको चर्चा बढेको हो। यो पुस्तक आउनुअघि धेरैलाई थाहा थिएन उनी कुमारी आमाकी सन्तान हुन् भन्ने तथ्य। रेखाकी आमा पुष्पावती लमिल र तेलुगु फिल्मकी एक्ट्रेस थिइन्। उनले तमिल एक्टर जैमिनी गणेशनसँग धेरै फिल्ममा काम गरेकी थिइन् त्यही दौरानमा उनीहरुको अफेयर भयो। यो जोडीले दुई छोरी जन्माए रेखा र राधा। दुई छोरीमध्ये रेखाको जन्म उनीहरुको विवाहभन्दा पहिल्यै भएको थियो।

त्यस्तै श्रुती हसन पनि कुमारी आमाकी सन्तान हुन्। तमिल सुपरस्टार कमल हसन र सारिकाकी छोरी श्रुतीको जन्म हुँदा पनि उनका मातापिताको विवाह भएको थिएन। श्रुतीको जन्म भएको दुई वर्षपछि मात्र कमल र सारिकाको बिहे भएको थियो। कमल हसन आफ्नी पहिलो पत्नी वाणीसँग सम्बन्धविच्छेदपछि सारिकासँग नजिकिएका थिए। सोही समयमा श्रुती हसनको जन्म भएको हो।  कमल हसन र सारिकाले बिहे गरेपछि अर्की छोरी अक्षरालाई जन्म दिएका थिए।

 बलिउडकी चर्चित डिजाइनर मसाबा गुप्तापनि कुमारी आमाकी सन्तान हुन्। उनकी आमा नीना गुप्ता र क्रिकेटर भिभिएन रिचार्डसको अफेयर पनि निकै चर्चित रह्यो। सोही सम्बन्धका बेला १९८९ मा मसाबाको जन्म भयो। नीनाले उनलाई एक्लै सिंगल मदरको रुपमा हुर्काएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि