तीन जना गुमाएको सप्तरी: जहाँ रुवावासी बाहेक केही देखिँदैन

death-maleth-768x366

फागुन २५  |  सप्तरी– सप्तरीको मलेठ गाउँ । तीन दिनदेखि सुनसान छ । सोमबारयता यो गाउँका अधिकांश घरमा चुल्हो बलेको छैन । कसैलाई खान मन पनि छैन । कसैलाई बोल्न पनि मन छैन । पुरै गाउँ शोकमा डुवेको छ ।

सोमवारको गोली काण्डपछि सप्तरीको मलेठ गाउँ शोकमा यसरी डुवेको हो । एमालेको मेची –महाकाली अभियान विथोल्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि मलेठ गाउँकामात्रै तीन प्रदर्शनकारीको मृत्यु भएपछि यो गाउँमा आक्रोशमिश्रित शन्नाटा छाएको हो ।

प्रहरीको गोली लागेर मृत्यु भएका चारमध्ये तीनजना मलेठ गाविसकै वासिन्दा हुन् ।
यो गाउँका २१ वर्षिय रंजन मेहता, ४४ वर्षिय पिताम्वर मण्डल र ३० वर्षिय विरेन्द्र मेहताकोे गोली लागेर मृत्यु भएको थियो ।

मलेठ गाविसकै अन्य दुईजना अझै गम्भीर घाइते छन् । प्रहरीको गोली लागेर गम्भिर घाईते भएका ती दुईको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । मलेठमात्र हैन, प्रहरीको गोली लागेर मृत्यु भएका आनन्द साहको गाउँ ‘प्रशवनी’ पनि शोकमा डुवेको छ ।mehtafamily-3-768x432

चारै जनाको शव अहिले धरानस्थित प्रतिष्ठानको शव गृहमा राखिएको छ । होलीको तयारीमा जुटेका गाउँलेहरु एकाएक भएको यो दूःखद् घटनाले शोकमग्न बन्नु स्वभाविक नै हो । आफ्नो परिवारका सदस्य गुमाएपछि उनीहरुलाई होलीको उत्साहको कुनै पर्वाह छैन ।
वुधवार विहान रातोपाटी सम्बाददाता मलेठ गाउँ पुग्दा गाउँभर कतैपनि चुलो वलेको दृष्य देखिएन ।

बरु, देखियो त मृतक र आफन्तको घरमा रुवावासी । त्यो दृश्य केही कैद पनि गरियो । तर पीडामा परेकाहरुको दृश्य बेच्नुमात्रै थिएन सम्बादताको उदेश्य । उनीहरुका आवाज पनि दुनियाँलाई सुनाउनु थियो, देखाउनु थियो । तर, पीडामा परेका उनीहरु खुलस्थ कुरा गर्न सक्ने अवस्थामा थिएनन ।

‘सोमबारयता कसैले केहि खाएका छैनन’ मृतक मण्डलका बृद्ध पिता गोसाई मण्डल भक्कानिदै भन्छन्, ‘ आफुलाई पाल्ने परिवारका सदस्य ढुकुर मारेझै मरेका छन् अव हामी बाच्नुको औचित्य नै के छ र ?’ उनी मात्र होइन, हामीले भेटका स्थानीय जगजीवन यादवले पनि त्यसै भने ‘गाउँमा कोही बोल्न सक्ने अवस्थामै छैनन् कति त अर्धचेत अवस्थामै छन् । यस्तो दृश्य देखे र सुनेपछि अन्य घाईते र मृत्यु भएकाहरुका आफन्तलगायत कसैको पनि चुलो वलेको छैन

सम्बाददाताले प्रहरीको गोली लागेर मृत्यु भएका रंजन मेहताको परिवारसँग पनि केहीबेर कुराकानी गर्यो । मेहताका दाजु संजन र पिता लक्ष्मण मेहतालाई भेट्दा उनीहरु निरासमात्र होइन, निकै कमजोर पनि देखिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति