March 2, 2017

चाइना थ्री जर्जेज् कम्पनीको जलविद्युत उत्पादन १० खर्ब किलोवाट

एजेन्सी ,फागुन १९ ।जलबिद्युत उत्पादन गर्नमा विश्वको सबैभन्दा बिशाल र ख्याति प्राप्त कम्पनी थ्री जर्जेज्ले आफ्नो स्थापनाकालको चौध वर्षमा दश खर्ब किलोवाट (वान ट्रिलियन किलोवाट आवर्स–केडब्लुएच) जलबिद्युत उत्पादन गसिकेको जनाइएको छ । three-gorges-hydroelectric-power-plant-44285420

सन् १९९३ मा चीनमा स्थापना भएको चाइना थ्री जर्जेज् कर्पोरेसनले विश्वका बिभिन्न मुलुकका जलबिद्युत उत्पादन परियोजना सञ्चालन गरी आजका मितिसम्म दश खर्ब किलोवाट जलविद्युत उत्पादन, वितरण र ब्यवस्थापन गरिसकेको दाबी गरेको छ ।

 यसैगरी, थ्री जर्जेज् कर्पोरेसनले विश्वभरी इन्धनीय कोइला (स्टान्डार्ड कोल) खपतमा करिब ३२ करोड टनले कमी गराएको तथा बिषाक्त ग्याँसहरुः कार्बनडायअक्साइड – ८५ करोड ८० लाख टन तथा सल्फरडायअक्साइड – ९० लाख टन विश्व बायुमण्डलमा उत्सर्जन हुनबाट जोगाएको पनि सो कम्पनीले प्रेस बिज्ञप्ति मार्फत् दावी गरेको छ ।

हाल थ्री जर्जेज् कर्पोरेसनको स्वामीत्वमा जल नियन्त्रण गर्न सक्ने बहू–उद्देश्यीय प्रणालीयुक्त एउटा बिशाल बाँध, एकै पटकमा सात लाख किलोवाट जलबिद्युत उत्पादन गर्न सक्ने बत्तीस वटा हाइड्रो पावर टर्बो जेनरेटर, एउटा भीमकाय पाँचतले पानीजहाज र एउटा बिशाल शिपलिफ्ट यन्त्र छन् ।

बिश्वमा ठूलठूला नदीमा आउने बाढी नियन्त्रण गर्नमा, अति ठूलो परिमाणमा जलबिद्युत उत्पादन गर्नमा तथा ठूला नदीहरुमा चल्ने पानीजहाजको यातायात ब्यबस्थापन वा नियमितिकरण गर्नमा थ्री जर्जेजले हात हालेका परियोजनाहरुले राम्रो ख्याति आर्जन गरिरहेका छन् ।

जलबिद्युत उत्पादनमा थ्री जर्जेजको कूल वार्षिक क्षमता ८८ अर्ब २० करोड किलोवाट रहेको र प्रत्येक युनिटले बार्षिक दुई करोड पच्चीस लाख किलोवाटसम्म जलविद्युत उत्पादन गर्न सक्ने हाइड्रो–पावर प्लान्ट जडान र सञ्चालन गर्ने क्षमता यस कर्पोरेशनसँग रहेको समेत दाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता