सोलुखुम्बु, १८ फागुन – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचनका लागि संयुक्त सरकार आवश्यक रहेको बताउनुभएको छ ।
सोलुखुम्बुको वाकुस्थित सगरमाथा माध्यामिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै संयोजक डा भट्टराईले भागबण्डामा बनेको सरकारले निर्वाचन गराउँदा भ्रष्टाचार बढ्ने र सुशासन खल्बलिने भएकाले तीनवटै निर्वाचन सम्पन्न गरुञ्जेलका लागि संयुक्त सरकार आवश्यक रहेको बताउनुभयो ।
नेता भट्टराईले अहिले निर्वाचनका लागि खर्च जुटाउन जङ्गल र डाँडा दोहन बढेको भन्दै निर्वाचनलाई सभ्य बनाउन दलहरुलाई सरकारले नै खर्च दिनुपर्ने बताउनुभयो ।
संविधान संशोधन नगरी अहिलेकै अवस्थामा निर्वाचन हुनै नसक्ने भन्दै डा भट्टराईले आदिवासी जनजाति तथा मधेसीलगायतले उठाएको विषय समाधान गर्ने गरी संविधान संसोधनपछि मात्र निर्वाचन हुनुपर्ने बताउनुभयो । रासस
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका
८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।
६ चैत,काठमाडौं । चैत १० गतेदेखि १२ गतेसम्म तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना
६ चैत,काठमाडौं । अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा
५ चैत,काठमाडौं। आफुलाई माओवादी सम्बद्ध यातायात मजदुर संगठनको नेता बताउने राजेन्द्र शर्माले मजदुरहरुकै लाखौं ठगी